बालेन खुशी पार्न खोज्दा राजुको जागिर चैट, मकै पोल्नेको श्राप लागेको भन्दै खुच्चिङ !
काठमाडाैं । काठमाडाैं महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डेमाथि निलम्बनको कारबाही शुरु भएपछि आमालाई जोडेर रोइकराई गर्न थालेका छन् ।
आफ्नो आमा ब्रेन ह्यामरेज भएर उपचाररत भएको बेला निलम्बन गरिएको भन्दै काठमाडाैं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईमाथि प्रहार गरेका राजुलाई सर्वसाधारणले भने खुच्चिङ भन्न थालेका छन् ।
राजुले मानवीय समवेदनाको कुरा गर्दै निलम्बनमा दुख पोखेपछि सर्वसाधारणले अहिले विभिन्न भिडियो सेयर गर्न थालेका छन् । एक महिलाले हातको स्टिल फेर्न १ लाख चाहिएको छ । म ठेलामा व्यापार गरेर यति गर्न चाहन्छु भन्दा राजुले धरपकड गरेको भिडियो सेयर गर्दै सर्वसाधारणले अहिले प्रश्न गरिरहेका छन् । त्यो बेला राजुले मानवियता देखाए भन्दै प्रतिप्रश्न गरिरहेका छन् ।
कानून कुल्चिदै महानगरका मेयर बालेन्द्र साह ‘बालेन’को पुच्छर बन्दै प्रहरी प्रमुख पद हत्याएका राजुले बाटोमा मकै पोल्नेहरुलाई प्रताडनामा राखेका थिए ।
मेयर बालेनको इशारामा जस्तोसुकै काम गर्न उद्दत राजुले योभन्दा पहिलेका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई समेत गाडीमा ह्वील लक गरेर तमासा गरेका थिए । यसरी महानगरमा सिंघम शैली अपनाउदै कर्मचारीमाथि जथाभावी गर्ने राजु अन्ततः निलम्बनमा परेका हुन् ।
नेपाल सरकारका सचिव समेत रहेका तत्कालीन महानगर प्रमुख लोकनाथ पाैडेललाई समेर राजुले अपशब्द बोल्दै उनलाई तँ नआइज भन्दै तुच्छ व्यवहार गरेको बताइन्छ ।
सडकमा मकै पोल्ने, ठेलागाढामा तरकारी बेचेर गुजारा चलाउनेदेखि पसलमा सुर्तिजन्य वस्तु राखेकामाथि एक्कासी पुगेर जफत नै गरिदिने गरेका राजुमाथि उनै पीडितहरुको श्राप लागेको भन्दै चर्चा चलिरहेको छ ।
महानगरका मेयर बालेनको नाम लिदै काठमाडाैंमा अशुली धन्दा नै चलाएका राजुको निलम्बनपछि उनीमाथि छानविन समेत चल्ने भनिएको छ । राजुले काठमाडाैंका विभिन्न क्षेत्रमा रहेका पार्किङ क्षेत्रमा समेत ठूलो अशुली चलाएको आरोप समेत लागिरहेको छ। उसोतः महानगरमा राजुसंगै भुपदेव शाह, सुनिल लम्साल, कुमार बेन लगायतका महानगरमा रहेका बालेनका स्वकियहरुमाथि समेत कारबाहीको चर्को माग भने उठिरहेको स्रोतको दाबी छ । उसतोः अख्तियारले समेत यी विषयमा अनुसन्धान गर्नुपर्ने आवाज उठिरहेको छ ।
उसोतः अख्तियारले महानगरमा भएका केहि भ्रष्टाचारका विषयमा भने विस्तृत अध्ययन गरिरहेको स्रोतको दाबी छ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












