बालेन खुशी पार्न खोज्दा राजुको जागिर चैट, मकै पोल्नेको श्राप लागेको भन्दै खुच्चिङ !
काठमाडाैं । काठमाडाैं महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डेमाथि निलम्बनको कारबाही शुरु भएपछि आमालाई जोडेर रोइकराई गर्न थालेका छन् ।
आफ्नो आमा ब्रेन ह्यामरेज भएर उपचाररत भएको बेला निलम्बन गरिएको भन्दै काठमाडाैं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईमाथि प्रहार गरेका राजुलाई सर्वसाधारणले भने खुच्चिङ भन्न थालेका छन् ।
राजुले मानवीय समवेदनाको कुरा गर्दै निलम्बनमा दुख पोखेपछि सर्वसाधारणले अहिले विभिन्न भिडियो सेयर गर्न थालेका छन् । एक महिलाले हातको स्टिल फेर्न १ लाख चाहिएको छ । म ठेलामा व्यापार गरेर यति गर्न चाहन्छु भन्दा राजुले धरपकड गरेको भिडियो सेयर गर्दै सर्वसाधारणले अहिले प्रश्न गरिरहेका छन् । त्यो बेला राजुले मानवियता देखाए भन्दै प्रतिप्रश्न गरिरहेका छन् ।
कानून कुल्चिदै महानगरका मेयर बालेन्द्र साह ‘बालेन’को पुच्छर बन्दै प्रहरी प्रमुख पद हत्याएका राजुले बाटोमा मकै पोल्नेहरुलाई प्रताडनामा राखेका थिए ।
मेयर बालेनको इशारामा जस्तोसुकै काम गर्न उद्दत राजुले योभन्दा पहिलेका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई समेत गाडीमा ह्वील लक गरेर तमासा गरेका थिए । यसरी महानगरमा सिंघम शैली अपनाउदै कर्मचारीमाथि जथाभावी गर्ने राजु अन्ततः निलम्बनमा परेका हुन् ।
नेपाल सरकारका सचिव समेत रहेका तत्कालीन महानगर प्रमुख लोकनाथ पाैडेललाई समेर राजुले अपशब्द बोल्दै उनलाई तँ नआइज भन्दै तुच्छ व्यवहार गरेको बताइन्छ ।
सडकमा मकै पोल्ने, ठेलागाढामा तरकारी बेचेर गुजारा चलाउनेदेखि पसलमा सुर्तिजन्य वस्तु राखेकामाथि एक्कासी पुगेर जफत नै गरिदिने गरेका राजुमाथि उनै पीडितहरुको श्राप लागेको भन्दै चर्चा चलिरहेको छ ।
महानगरका मेयर बालेनको नाम लिदै काठमाडाैंमा अशुली धन्दा नै चलाएका राजुको निलम्बनपछि उनीमाथि छानविन समेत चल्ने भनिएको छ । राजुले काठमाडाैंका विभिन्न क्षेत्रमा रहेका पार्किङ क्षेत्रमा समेत ठूलो अशुली चलाएको आरोप समेत लागिरहेको छ। उसोतः महानगरमा राजुसंगै भुपदेव शाह, सुनिल लम्साल, कुमार बेन लगायतका महानगरमा रहेका बालेनका स्वकियहरुमाथि समेत कारबाहीको चर्को माग भने उठिरहेको स्रोतको दाबी छ । उसतोः अख्तियारले समेत यी विषयमा अनुसन्धान गर्नुपर्ने आवाज उठिरहेको छ ।
उसोतः अख्तियारले महानगरमा भएका केहि भ्रष्टाचारका विषयमा भने विस्तृत अध्ययन गरिरहेको स्रोतको दाबी छ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











