ताजा समाचार

प्रतिपक्षीदलहरु टसमस नहुँदा आज पनि बसेन बैठक, गृहमन्त्रीले राजिनामा दिनुपर्ने ‘बटमलाईन’

काठमाडौं । आज पनि प्रतिनिधि सभाको बैठक बस्न सकेन् । पछिल्ला दिनहरुमा गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा संलग्नता रहेको भन्दै प्रतिपक्षी दलहरुले जारि राखेको अवरोधका कारण बैठक बस्न सकेको छैन् ।

आज प्रतिनिधिसभाका सभामुख देवराजले अवरोध खुलाउने विषयमा प्रमुख दलका प्रमुख सचेतसँग गरेको छलफल निष्कर्षविहीन बनेकाले बैठक बस्न सकेको छैन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने अडान विपक्षी दलहरु एकमत हुँदै सदन अवरुद्ध गरिरहेको छन् ।

आजको बैठकमा कुरा नमिलेपछि प्रतिनिधिसभाको बैठक फेरि सारिएको हो। आज बिहान ११ बजेका लागि बस्ने भनिएको बैठक प्रतिपक्षीले गृहमन्त्रीको राजीनामा दिनुपर्ने अडान लिएपछि पटक पटक सारिदै आएको छ ।

११ बजे पछि १ बजे सारिएको बैठक १ बजे पनि बैठक बस्न सकेन। त्यसपछि दिउँसो ३ः१५ का लागि संसद सचिवालयले सूचना टाँस गरेर सारेको बैठक अझै सुचारु हुन सकेन भने । बैठक पुन भोलि १ बजे सम्मका लागि स्थगन गरिएको सभामुखको सचिवालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org