प्रतिपक्षीदलहरु टसमस नहुँदा आज पनि बसेन बैठक, गृहमन्त्रीले राजिनामा दिनुपर्ने ‘बटमलाईन’
काठमाडौं । आज पनि प्रतिनिधि सभाको बैठक बस्न सकेन् । पछिल्ला दिनहरुमा गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा संलग्नता रहेको भन्दै प्रतिपक्षी दलहरुले जारि राखेको अवरोधका कारण बैठक बस्न सकेको छैन् ।
आज प्रतिनिधिसभाका सभामुख देवराजले अवरोध खुलाउने विषयमा प्रमुख दलका प्रमुख सचेतसँग गरेको छलफल निष्कर्षविहीन बनेकाले बैठक बस्न सकेको छैन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने अडान विपक्षी दलहरु एकमत हुँदै सदन अवरुद्ध गरिरहेको छन् ।
आजको बैठकमा कुरा नमिलेपछि प्रतिनिधिसभाको बैठक फेरि सारिएको हो। आज बिहान ११ बजेका लागि बस्ने भनिएको बैठक प्रतिपक्षीले गृहमन्त्रीको राजीनामा दिनुपर्ने अडान लिएपछि पटक पटक सारिदै आएको छ ।
११ बजे पछि १ बजे सारिएको बैठक १ बजे पनि बैठक बस्न सकेन। त्यसपछि दिउँसो ३ः१५ का लागि संसद सचिवालयले सूचना टाँस गरेर सारेको बैठक अझै सुचारु हुन सकेन भने । बैठक पुन भोलि १ बजे सम्मका लागि स्थगन गरिएको सभामुखको सचिवालयले जनाएको छ ।
Comments
अरु समाचार
-
किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्च अदालतले दियो आदेश
काठमाडौं । सर्वोच्च अदालतले धनुषा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको...
-
लागुऔषधसहित तेह्रजना पक्राउ, उता मकवानपुरमा प्रहरी र लागुऔषध सेवनकर्ताबीच झडप
काठमाडौं । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित १३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरीकक्षका अनुसार...
-
वायु प्रदूषण अस्वस्थको तहमा, सचेत रहन कामपाको आग्रह
काठमाडौं । काठमाडौंमा वायुको गुणस्तरमा अझै राम्रोसँग सुधार हुनसकेको छैन । पछिल्ला दिनमा निकै खराब स्थितिमा पुगेको वायु प्रदूषण आज...
-
आयात र निर्यातबीच उच्च असन्तुलन, सात महिनामा नौ खर्ब ५५ अर्ब व्यापार घाटा
काठमाडौं । आयात र निर्यातबिचको उच्च असन्तुलनका कारण नेपालको बैदेशिक व्यापार घाटा उच्चरुपमा बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार...
-
समानुपातिकतर्फको मतगणना सम्पन्न, रास्वपाले ल्यायो ५१ लाख ३९ हजार भोट
काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ ।पछिल्लो समय गोरखा...
-
दुई हजार ८९० उम्मेदवारको जमानत जफत, धरौटी रकम जोगाउन कति भोट ल्याउनुपर्छ ?
काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका ठुलो सङ्ख्याका उम्मेदवारको धरौटी...
-
प्रधानन्यायाधीशका लागि सिफारिस ६ न्यायाधीश को हुन् ?
काठमाडौं । सर्वोच्च अदालतको भावि प्रधान्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम सिफारिस भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेरहदका...
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...












