नेतृत्वप्रति असंतुष्ट तरुण दलका नेता–कार्यकर्ता सडकमा
काठमाडौं । तरुण दलका अध्यक्ष विद्वान गुरुङले सङ्गठनलाई तहसनहस बनाएको आरोप लगाउँदै असन्तुष्ट नेता-कार्यकर्ताहरू सडकमा उत्रिएका छन् । पार्टी नेतृत्वको ध्यानाकर्षण गराउनको लागि भन्दै शुक्रबार असन्तुष्ट नेता तथा कार्यकर्ताहरू सडकमा उत्रिएका हुन् । अध्यक्ष गुरुङ नेतृत्वको समितिले अधिवेशन गराउन नसक्ने भन्दै तरुण दलकै अर्कै समूहले मोटरसाइकल र्यालीसहित प्रदर्शन गर्यो । केन्द्रीय सदस्यहरू रोजन राई, सरोज न्यौपानलगायत नेतृत्व टोलीले नाराबाजीसहित प्रदर्शन गर्दै अध्यक्ष गुरुङ महाधिवेशन गराउन असक्षम रहेको प्रतिक्रिया दिए । मोटरसाइकलमा नाराबाजीसहितको प्रदर्शनपछि उनीहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेर पत्रकार सम्मेलन पनि गरे । तर उनीहरूलाई प्रवेश गर्न नदिन बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
तरुण दलका केन्द्रीय सदस्य रोजन राईले अध्यक्ष गुरुङले सङ्गठनको अधिवेशन गराउन नसक्ने निष्कर्षसहित आफूहरू विरोधमा निस्कन बाध्य भएको जनाएका छन् । उनले भने, ‘महाधिवेशन गर्ने उहाँले अझै कुनै क्रियाकलाप अघि बढाउनुभएको छैन । केन्द्रीय सदस्यहरूसँग कुनै छलफल नै नगरी तरुण दललाई प्रालिको रूपमा अगाडि बढाउने प्रयास गरियो । त्यसैले हामीे विरोधमा उत्रिएका हौँ ।’ गत चैतमा पार्टीले दिएको वैधानिक समय सकिएको भन्दै आफूहरू अहिले अवैध केन्द्रीय सदस्य बन्नु परेको उनले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छन् ।
केन्द्रीय सदस्य राईले थपे, ‘अध्यक्ष गुरुगले अधिवेशन गराउनेतिर नसोच्ने र एकलौटी ढङ्गले अगाडि बढाउन खोज्दै हुनुहुन्छ । बहुमत केन्द्रीय कमिटीसँग परामर्शपछि उहाँबाट अब अधिवेशन हुन नसक्ने निष्कर्षमा हामी पुगिसकेका छौँ ।’ पार्टी सभापतिसहित पदाधिकारीसँग यसबारेमा आफूहरूले छलफल गरिसकेको पनि राईले जानकारी दिएका छन् । अधिवेशनको नाममा केन्द्रीय समितिलाई थाहै नदिई आफ्नै साथीहरू माझ हानाहान र काटमारको अवस्था सिर्जना गराएको आरोप पनि राईले लगाएका छन् ।
तरुण दलमा आबद्ध असंतुष्ट पक्षका नेताहरुले वर्तमान नेतृत्वबाट तरुण दलको महाधिवेशन हुन नसक्ने ठहर गर्दै तदर्थ समितिको म्याद नथप्न आग्रह गरेका छन् । शुक्रबार पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘तदर्थ समितिको मूल उद्देश्य र पार्टीले दिएको मूल जिम्मेवारी नै तरुण दलको महाधिवेशन हो भनेर हामी केन्द्रीय सदस्यहरूले भनिरहँदा उहाँ भने काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर लागिरहनुभयो । कहिले भइरहेको तरुण दलको घर भत्काएर नयाँ घर बनाउने भन्दै लाग्नु भयो ।’
विज्ञप्तिमा थप लेखिएको छ, ‘तरुण दलको सार्वजनिक सम्पत्ति घर बनाउँदा होस वा भत्काउँदा केन्द्रीय समितिलाई जानकारी हुन पर्दैन र ? तरुण दलको अधिवेशन कुनकुन जिल्लामा हुदैछ, को को केन्द्रीय प्रतिनिधि तोकिँदै छन् केन्द्रीय समितिले थाहा पाउनु जरुरी छैन र ? यसैको परिणाम आज तीन वर्षसम्म पनि महाधिवेशनमार्फत तरुण दललाई नयाँ नेतृत्व हस्तान्तरण गर्न नसक्ने असक्षम नेतृत्वको साक्षी वस्न परिरहेको छ ।’
पटक म्याद थप्दा पनि महाधिवेशन गर्न नसक्ने त्यही नेतृत्व र त्यही प्रवृत्तिले फेरि महाधिवेशन गर्न सक्छु भनेर म्याद थपिमाग्ने खोजेको उनीहरूको बुझाइ छ । ‘कांग्रेसले अन्तिम पटक भन्दै समय थप्दा २०८१ चैत मसान्तबाट स्वतः विघटन हुने भन्ने भाषाको मर्म, धर्म र नैतिकतालाई आत्मसात् गर्दै नयाँ तदर्थ समितिको माग गर्दछौँ। फेरि म्याद थप गरिमाग्ने र तरुण दललाई मागिखाने भाँडो बनाउने विषयको विपक्षमा हामी बहुसङ्ख्यक केन्द्रीय सदस्यहरू रहेको जानकारी गराउँदछौँ’ विज्ञप्तिमा भनिएको छ । २०७८ चैत ९ गते कांग्रेस सभापति शेरबहादर देउवाले तरुण दलको अध्यक्षमा गुरुङलाई मनोनित गरेका थिए । तरुण दलको ४०१ केन्द्रीय समिति छ ।
तरूण दलको महाधिवेशन नभएको करिब १० वर्ष हुन लागेको छ। नेपाली कांग्रेसले तरूण दल, नेविसंघ, महिला संघ, किसान संघजस्ता भ्रातृ संस्थाको नियमित अधिवेशन गराउन सकेको छैन भने तदर्थ समिति गठन गर्दै आइरहेको छ। यी भ्रातृ संस्थाको म्याद गत चैत मसान्तमै सकिएको हो। तर हालैको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले नयाँ तदर्थ समिति गठनभन्दा पनि अहिलेकालाई नै निरन्तरता दिने कुरा राखेपछि तरूण दलभित्रका असन्तुष्ट पक्षले प्रदर्शन गरेका हुन्।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












