‘जनताको जीवनस्तर परिवर्तनका लागि दिगो आर्थिक समृद्धि आवश्यक’
झापा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको जीवनस्तरमा परिवर्तन अनुभूत गराउन दिगो आर्थिक समृद्धि हासिल गर्नु अबको साझा गन्तव्य हुनुपर्ने धारणा व्यक्त गरेकी छन् ।
झापाको विर्तामोडमा शनिबारदेखि सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै जनस्तरमा परिवर्तनको अनुभूति दिलाउने गरी काम गर्नुपर्नेमा जोड दिइन् ।
राष्ट्रलाई आर्थिक रूपले समृद्ध र विकसित बनाएर मात्र ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न सकिने चर्चा गर्दै उनले यसका लागि विज्ञान तथा प्रविधिको उपयोग अपरिहार्य रहेको बताइन् । पूर्वराष्ट्रपति भण्डारीले राज्यका तर्फबाट विज्ञान, प्रविधि र गणित शिक्षालाई विशेष प्राथमिकता दिँदै यस क्षेत्रका विशेषज्ञहरूको ज्ञान, सीप र अनुभवको समुचित उपयोग गर्न आवश्यक रहेको बताइन् ।
जेठ २४, २५ र २६ गते तीन दिनसम्म सञ्चालन हुने उक्त प्रदर्शनी विर्तामोडस्थित देवी माध्यमिक विद्यालयको परिसरमा भइरहेको छ । कार्यक्रममा कोशी प्रदेशका १२ जिल्लाका ७० भन्दा बढी विद्यालयले आफ्ना विद्यार्थीद्वारा निर्मित वैज्ञानिक प्रयोगका सामग्री प्रदर्शन गरेका छन् । प्रदर्शनीमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यालयलाई क्रमशः रु चार लाख, रु तीन लाख, रु दुई लाख र रु एक लाख नगद पुरस्कार प्रदान गरिने आयोजक विज्ञान तथा प्रविधि विभागका प्रमुख गणेश पोखरेलले जानकारी दिए । -रासस
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












