ताजा समाचार

स्कटल्यान्डविरुद्ध नेपालले पहिला बलिङ गर्ने !

काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज आइतबार आयोजक स्कटल्याण्डसँगको खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्ने भएको छ ।

स्कटिश कप्तान रिची बेरिङटनले टस जितेर पहिले ब्याटिङको निर्णय गरेर नेपाललाई बलिङको निम्ता प्रस्तुत गरेका हुन् । खेल डुनेडीमा नेपाली समय अनुसार पौने ४ देखि सुरु हुने छ ।
यसअघि नेपालले शृंखलाको पहिलो खेलमा स्कटल्याण्डलाई एक विकेटले हराएको थियो ।

नेपाली टोलीमा आज रोहित पौडेलको (कप्तान), कुशल भुर्तेल, असिफ शेख, भीम सार्की, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी रहेका छन् ।

स्कटल्याण्डसँग पछिल्ला ५ खेलमा अपराजित नेपाल, आज उच्च मनाेवलकासाथ मैदानमा उत्रने !

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org