ताजा समाचार

प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने !

काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।

सोमवार २ बजे बस्ने भनेको बैठक साढे ३ बजे बसेको थियो । तर विपक्षी दलहरुले विरोध कायमै राखेका कारण सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । आधा घण्टाका लागि स्थगित बैठक नबसी सूचना टाँस गरेर बुधवार १ बजेसम्मका लागि स्थगित भएको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लगाउँदै प्रतिपक्षी राजनीतिक दलहरुले केही समय यता संसद अवरोध गर्दै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org