माधव नेपाललाई नैतिक संकटः अध्यक्ष र दलको नेतामा कहिलेसम्म रहने ?
काठमाडाैं । मान सम्मानको विषयलाई लिएर अत्यन्तै संवेदनशील बन्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री माधव नेपाल राजनीतिक जीवनकै ठूलो संकटमा छन् ।
पतञ्जली प्रकरणमा भ्रष्टाचार मुद्दापछि पदीय संकटमा परेका माधव नेपालले पार्टी नेतृत्व भने गरिरहेका छन् ।
राजनीतिक इमान र नैतिकताको विषयमा लामो बखान गर्न सक्ने माधव नेपालले पार्टी अध्यक्ष र संसदीय दलको नेताबाट आफू बिदा भएर भ्रष्टाचार मुद्दाको अन्तिम किनारा नलाग्दासम्म कार्यबाहकको जिम्मेवारी देलान ? चाैतर्फी चासो बढेको छ।
नेकपा एकीकृत समाजवादीमा कार्यबाहक अध्यक्षका लागि सम्मानित नेता झलनाथ खनाल र उपाध्यक्ष राजेन्द्र पाण्डेदेखि अन्य नेताहरुले तीब्र तयारी गरिरहेको बताइन्छ भने संसदीय सलको नेताका लागि समेत हानाथापको स्थिति बन्न पुगेको बताइन्छ ।
भ्रष्टाचारजस्तो गम्भीर आरोपमा मुद्दा दर्ता भएपछि माधव नेपाल प्रतिनिधिसभा सदस्यबाट स्वतः निलम्बनमा परिसकेका छन् । सांसद पद निलम्बनमा परिसकेको र पार्टी अध्यक्षको जिम्मेवारी पनि नैतिक संकटमा परेकाले माधवमाथि यी जिम्मेवारी अन्य नेताहरुलाई दिने ठूलो चुनाैति छ । तर, तत्काल उनले पद हस्तानन्त्रण गर्ने मनस्थिति बनाइनसकेको स्रोतको दाबी छ ।
उसोतः पार्टी बैठक बस्ने कार्यतालिका समेत तय नभएकाले यो विषयमा अहिले नै भन्न नसकिने अवस्था रहेको स्रोतको दाबी छ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
एमाले उपाध्यक्ष ज्ञवालीद्वारा सक्रिय राजनीतिबाट विश्राम लिएकोको घोषणा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेको छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपबाट उनले...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












