ताजा समाचार

‘दिलभूषणविरुद्धको पक्राउ पुर्जी प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य विरोधी कार्य’

काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न जारी गरिएको पूर्जी खारेज गर्न आग्रह गरेका छन् ।

पाठकलाई पक्राउ गर्न जारी गरिएको पक्राउ पूर्जी जारी गर्नाले निरङ्कुशता, असहिष्णु, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यताविरोधी निन्दनीय कार्य भएको उनको भनाई छ ।

श्रेष्ठले भने, ‘यो पक्राउ पुर्जी तत्काल खारेज गर्न माग गर्दछु । पत्रकार मित्र दिल भूषण पाठकले प्रसारण गर्नुभएको समाचार तथ्य सत्यमा आधारित छ कि छैन स्पष्ट हुँदै जाला । सञ्चार माध्यममा कतिपय बेला अत्यन्त निराधार,गलत र गैर जिम्मेवार समाचार पनि प्रसारण हुने गरेका छन् र त्यस्तो पत्रकारितालाई सच्याउनु जरुरी छ । त्यस्ता पत्रकारलाई जिम्मेवार बनाउनु पनि पर्छ ।’

उनले सम्बन्धित समाचार गलत भने त्यसको प्रतिवाद गर्ने हो भने पनि खण्डन, अदालत वा प्रेस काउन्सिलको बाटो छाडेर पक्राउ पुर्जी जारी गर्ने बाटोलाई भने किमार्थ सही ठहर्‍याउन नसकिने भन्दै यस्ता कार्य बन्द गर्न माग गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org