‘दिलभूषणविरुद्धको पक्राउ पुर्जी प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य विरोधी कार्य’
काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न जारी गरिएको पूर्जी खारेज गर्न आग्रह गरेका छन् ।
पाठकलाई पक्राउ गर्न जारी गरिएको पक्राउ पूर्जी जारी गर्नाले निरङ्कुशता, असहिष्णु, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यताविरोधी निन्दनीय कार्य भएको उनको भनाई छ ।
श्रेष्ठले भने, ‘यो पक्राउ पुर्जी तत्काल खारेज गर्न माग गर्दछु । पत्रकार मित्र दिल भूषण पाठकले प्रसारण गर्नुभएको समाचार तथ्य सत्यमा आधारित छ कि छैन स्पष्ट हुँदै जाला । सञ्चार माध्यममा कतिपय बेला अत्यन्त निराधार,गलत र गैर जिम्मेवार समाचार पनि प्रसारण हुने गरेका छन् र त्यस्तो पत्रकारितालाई सच्याउनु जरुरी छ । त्यस्ता पत्रकारलाई जिम्मेवार बनाउनु पनि पर्छ ।’
उनले सम्बन्धित समाचार गलत भने त्यसको प्रतिवाद गर्ने हो भने पनि खण्डन, अदालत वा प्रेस काउन्सिलको बाटो छाडेर पक्राउ पुर्जी जारी गर्ने बाटोलाई भने किमार्थ सही ठहर्याउन नसकिने भन्दै यस्ता कार्य बन्द गर्न माग गरेका छन् ।
Comments
अरु समाचार
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...











