अनेरास्ववियुको मतदान भोली, कुन प्यानलबाट को–को छन् उम्मेदवार ?
काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयुको २४ औँ महाधिवेशन त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा जारि छ । जसमा नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान भोली मात्रै हुने भएको छ ।
निर्वाचन मण्डलले आज बुधबार रातिका लागि तय गरेको मतदान प्राविधिक व्यवस्थापनका कारण बिहीबार बिहान मात्रै हुने अनेरास्ववियुका एक नेताले जानकारी दिए ।
यसअघि निर्वाचन समितिले बुधबार राति ८ बजेदेखि २ बजेसम्म मतदातको समय तोकेकोमा प्राविधिक व्यवस्थापनका कारण बिहीबार बिहानका लागि सारिएको जनाएको हो ।
सुरक्षाकर्मीले राति मतदान गर्दा समस्या हुने भन्दै भोलिका लागि बिहान ८ बजेदेखि मतदान गर्ने तयारी भएको उनको भनाई छ ।
को–कोबिच हुँदैछ प्रतिस्पर्धा ?
अनेरास्ववियुको नेतृत्वका लागि दुई प्यानलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । दुवै पक्षबिच सहमति हुन नसकेपछि दुई पक्षिय प्रतिस्पर्धा हुने भएको हो ।जसमा अध्यक्षका लागि डा.सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन् । त्यस्तै उपाध्यक्षमा कडरिया प्यानलबाट अन्जना सिवाकोटी र पौडेल पक्षबाट विकास श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
अन्य उपाध्यक्षहरुमा राजकुमार ढकाल, भरतसिंह धामी, धमेन्द्र केसी र गणेशबहादु शाही, महिला उपाध्यक्षमा सुजिता धिताल, भवानी बजगाईँ र आरती भट्टराई पनि उम्मेदवार भएका छन् ।
महासचिव पदमा दीपक धामी र आरके रोमशको उम्मेदवारी परेको छ । कडरिया पक्षबाट धामी र पौडेल पक्षबाट रोमशले उम्मेदवारी दिएका छन् । सुनिल कँडेल पनि महासचिवका उम्मेदवार छन् ।
उपमहासचिवको उम्मेदवारमा प्रेमिका शाही, कमल जोशी र अमरबहादुर शाही उम्मेदवार परेको छ। सचिवमा रेखा न्यौपाने, रक्षा बम, आकाश घर्तीमगर र रेखा थापा उम्मेदवार छन् ।
एमालेले अखिलमा ३२ वर्षे उमेर हद लगाएपछि सुरु भएको राष्ट्रिय सम्मेलनमा युवाहरुबीच प्रतिस्पर्धा हुन लागेको हो । अखिलको १५१ सदसीय केन्द्रीय समितिमा ९ पदाधिकारी हुनेछन् ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












