ताजा समाचार

सभामुखद्वारा प्रमुख सचेतकसँग छलफल

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सांसदको क्यालेन्डर लगायतका विषयमा प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।

छलफलमा संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू सहभागी भएका थिए । प्रतिनिधि सभामा प्रतिपक्ष दलहरूले जेठ १३ गतेदेखि प्रतिनिधि सभामा अवरोध गरिरहेका छन्। जसका कारण बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन ।

यसबारेमा पनि सभामुखले नियमित दलका प्रतिनिधिहरूसँग छलफल चलाइरहेका छन् ।

शुक्रबार एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच सदन खुलाउन दुईबुँदे सहमति भएको थियो ।तर, विपक्षी दलहरू रास्वपा र राप्रपाले भने अवरोधलाई कायम राखेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org