ताजा समाचार

रास्वपा ‘व्याक’ नहुने सदन अवरुद्ध जारि राख्ने !

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा विरोध जारी राख्ने जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले झुक्याएर दुई बुँदे सहमति गरेको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सदनमा आफूहरुको विरोध जारी रहने बताएका हुन् ।

‘रास्वपाले उठाएको यो मुद्दालाई टुंगोमा पुर्‍याउन पहलकदमी आवश्यक छ’ उनी भन्छन्, ‘हाम्रा माग सुनुवाइ नभएसम्म हाम्रो अवरोध जारी रहन्छ ।’

माओवादी केन्द्रले भने एमालेसँग दुई बुँदे सहमति गरेर अवरोध खुलाउन राजी भएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org