विभिन्न जिल्लाका प्रजिअसहित २१ कर्मचारीको सरूवा
काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रजिअसहितका २१ कर्मचारीको सरूवा तथा पदस्थापन गरेको छ । मन्त्रालयको निर्णयानुसार राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारीलाई सरूवा, पदस्थापन तथा काज खटाइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहसचिव राजुराज कडरियालाई गोरखा, कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग सिंहदरबारका महानिर्देशक सुरेश पन्थीलाई भोजपुर, गुल्मीका प्रजिअ जनार्दन गौतमलाई डडेलधुरा, मन्त्रालयकी सहसचिव सुनिता नेपाललाई इलामको प्रजिअमा सरूवा गरिएको छ भने इलामकी प्रजिअ कल्पना श्रेष्ठलाई गृह मन्त्रालयमा ल्याइएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको सरूवा विवरणअनुसार बैतडीका प्रजिअलाई दीर्घराज उपाध्याय र डोटीका प्रजिअ मोहनराज जोशीलाई गृह मन्त्रालय ल्याइएको छ । मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग सिंहदरबारमा खटाइएको छ ।
सल्यानकी प्रजिअ सावित्रा पुनलाई सहायक प्रजिअका रूपमा डडेलधुरा पठाइएको छ भने गृह मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीलाई सल्यानको प्रजिअमा सरूवा गरिएको छ । गृहका सहसचिव केदारनाथ शर्मालाई जुम्ला, गृहका सहसचिव वासुदेव दाहाललाई रोल्पा, गोरखाका प्रजिअ पुण्यविक्रम पौडेललाई बैतडीको प्रजिअमा खटाइएको छ भने डडेलधुराका प्रजिअ चोमेन्द्र न्यौपानेलाई गृह मन्त्रालय ल्याइएको छ ।
यस्तै अध्यागमन कार्यालय गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत दिनेशसागर भुसाललाई सिन्धुलीको प्रजिअमा पठाइएको छ भने भोजपुरका प्रजिअ नरबहादुर थापालाई गृह मन्त्रालयमा ल्याइएको छ । यस्तै रोल्पाका प्रजिअ खिमबहादुर रायमाझीलाई गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल भैरहवाको प्रमुख अध्यागमन अधिकृत बनाइएको छ ।
गृह मन्त्रालयका सहसचिव बुद्धबहादुर गुरूङलाई डोटीको प्रजिअमामा पठाइएको छ भने सिन्धुलीका प्रजिअ लीलाप्रसाद शर्मालाई गृह मन्त्रालयमा ल्याइएको छ । जुम्लाका प्रजिअ रामबहादुर शाहीलाई सप्तरीको प्रजिअमा सरूवा गरिएको मन्त्रालयले जनाएको छ ।
Comments
अरु समाचार
-
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहित मुस्ताङको कोरालानाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताएका छन् ।...
-
घुस डिलले डुबायो, मन्त्री गुप्ताले राजीनामा दिए !
काठमाडौं । घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ताले...
-
फ्लड लाइट जडानमा सेटिङ जालोः समय सकियो, ठेकेदारले टेरेनन् सरकार !
काठमाडौं । क्रिकेट रंगशालामा फ्लड लाइट जडान हुने विषयले खुशी दिलाएका क्रिकेटप्रेमीहरुका लागि फ्लड लाइटमा हुन थालेको झेलले ठूलो झड्का...
-
जिल्लाभरिका छाउगोठ भत्काउन निर्देशन
काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठमा सुतेकी महिलाको सर्पले टोकेर मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ९ वटै पालिकालाई पत्राचार...
-
सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ...
-
साफ यू–२० महिला च्याम्पियनसिप: नेपालले तेस्रो खेल श्रीलंकासँग खेल्दै
काठमाडौं । नेपालले आज साफ यू–२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेल श्रीलंकासँग खेल्दै छ । बंगलादेशमा जारी प्रतियोगितामा नेपाल र...
-
बीपी राजमार्गमा पूर्णरुपमा अवरुद्ध
काठमाडौं । निरन्तरको वर्षाका कारण सोमबार राति आएको बाढी र केही ठाउँमा खसेको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ ।...
-
विभिन्न ठाउँमा भारी वर्षा हुने, ३६ जिल्ला बाढीको जोखिममा
काठमाडौं। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरेसँगै पूर्वी नेपाल नजिक पुगेको छ, जसको प्रभावले देशका विभिन्न भागमा वर्षा तीव्र हुने...
-
आज संसद्को दुवै सदनको बैठक, यस्तो छ कार्यसूची
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उपप्रधानमन्त्री...