इरानविरुद्ध अमेरिकाले हमला गर्ने नगर्ने भन्नेमा ट्रम्पले दुई सातामा निर्णय लिने
काठमाडौं । इजरायल-इरान युद्ध चलिरहेको बेला अमेरिकाले के गर्ला ? अहिले यो विषय प्रमुख चासोको रुपमा देखिएको छ ।
इरानमाथि आणविक कार्यक्रम रोके सैन्य कारबाही नगर्ने चेतावनी दिदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझैं दुई सातापछि मात्रै इरानमाथि हस्तक्षेप गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने भएका छन् ।
ह्वाइट हाउसले बिहीबार आयोजना गरेको नियमित पत्रकार भेटघाटमा ह्वाइट हाउसकी प्रेस सेक्रेटरीले राष्ट्रपति ट्रम्पले अर्को दुई हप्ताभित्र इरानमाथि अमेरिकी सैन्य हमला गर्ने वा नगर्ने निर्णय गर्ने बताएकी हुन् ।
अमेरिकी सैन्य कारबाहीको बारेमा अन्तिम निर्णय गर्नुअघि कूटनीतिक प्रयासहरू बढाउने चाहानास्वरुप यो निर्णय गरिएको उनले बताएको बीबीसीले उल्लेख गरेको छ ।
“निकटभविष्यमा इरानसँग वार्ता हुने सम्भावनाको आधारमा, म अर्को दुई हप्ताभित्र हमला गर्ने वा नगर्ने निर्णय गर्नेछु,” राष्ट्रपति ट्रम्पको वक्तव्यमा उल्लेख छ ।
ट्रम्पको यो वक्तव्य प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले ह्वाइट हाउसको नियमित पत्रकार अन्तक्र्रियामा पढेर सुनाइन् ।
युरोपेली कूटनीतिज्ञहरूले तनाव कम गर्न आग्रह गरेका छन् । इरानले अमेरिकी संलग्नताले क्षेत्र नष्ट गर्ने चेतावनी दिएको छ । ट्रम्पको निर्णय इरानले युरेनियम समृद्धि छोड्छ वा छोड्दैन भन्नेमा निर्भर गर्छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : ड्रिम्स मोबिलिटी
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक ड्रिम्स मोबिलिटी प्रालिले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै रहेको...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











