इजरायल-इरानको ‘क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली’ कति शक्तिशाली ?
काठमाडौं । इजरेलसँग विश्वकै सबभन्दा परीक्षित क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली रहेको विश्वास सामान्यतया गरिन्छ। तर इरानसँगको आक्रमण प्रत्याक्रमणका दौरान केही क्षेप्यास्त्रले ती प्रतिरक्षा प्रणालीलाई तोड्न सकेको देखियो र इजरेलमा गैरसैनिक हताहती हुनुका साथै भवनहरू क्षतिग्रस्त भए।
विगतमा इजरेलविरुद्ध इरान, लेबननबाट हिज्बोल्लाह, गाजाबाट हमास अनि यमनबाट हुथीले आक्रमण गरेका छन् – त्यसैले उसको प्रतिरक्षा प्रणालीले भिन्नाभिन्नै उचाइ तथा दूरीमा क्षेप्यास्त्र निस्तेज पार्नु पर्ने हुन्छ। उसँग भएका अत्याधुनिक प्रतिरक्षा प्रणाली के हो र तिनले कसरी काम गर्छन्?
आइरन डोमले कसरी काम गर्छ ?
आइरन डोम इजरेलको सबभन्दा परिचित क्षेप्यास्त्र प्रतिरोध प्रणाली हो। छोटा दूरीका रकेट तथा शेल र मोर्टर जस्ता गोलाबारीलाई ४ देखि ७० किलोमिटर दूरीमा रोक्ने गरी यसको निर्माण गरिएको छ। इजरेलभरि आइरन डोम ब्याटरी प्रणाली तैनाथ गरिएका छन्। त्यस्ता प्रत्येक प्रणालीमा तीनदेखि चार लन्चर तथा २० वटा प्रतिरोधी क्षेप्यास्त्र रहेका हुन्छन्।
आइरन डोमले इजरेलतर्फ प्रहार गरिएका रकेटलाई रेडारको मद्दतबाट पहिचान तथा ट्र्याक गर्छ अनि तीमध्ये मानव वस्ती भएका क्षेत्रमा खस्ने सम्भावना भएकाहरूको हिसाब गर्छ। त्यसपछि ती रकेटलाई आकासमै रोक्ने गरी क्षेप्यास्त्र प्रहार गर्छ। मानव वस्ती नभएका ठाउँमा खस्ने हिसाब गरिएका रकेटलाई भने खुला ठाउँमा खस्न दिन्छ।
इजरेल डिफेन्स फोर्सेज (आईडिएफ)ले आइरन डोमले निसाना दागेकामध्ये ९०% रकेट खसालिदिने गरेको विगतमा दाबी गरेको थियो। उसका ‘तामिर’ क्षेप्यास्त्रको लागत प्रति क्षेप्यास्त्र ५० हजार डलर पर्छ। इजरेल र हिज्बोल्लाहबीच सन् २००६ मा भएको ‘समर वार’पश्चात् उक्त प्रणाली विकसित गरिएको हो। त्यतिखेर लेबननस्थित सो समूहले इजरेलतर्फ ४ हजार रकेट प्रहार गरेको थियो जसले दर्जनौँ मानिसको ज्यान जानुका साथै ठूलै विध्वंस मच्चिएको थियो।
केही अमेरिकी सहयोगका साथ इजरेली कम्पनीहरू राफेल एडभान्स्ड डिफेन्स सिस्टम तथा इजरेल एरोस्पेस इन्डस्ट्रीजले निर्माण गरेको आइरन डोमलाई सन् २०११ मा तैनाथ गरिएको थियो। सोही वर्ष पहिलोपटक गाजाबाट प्रहार गरिएको एक रकेटलाई त्यसले रोकेको थियो। सन् २०२३ को अक्टोबर यता आइरन डोमले हमास तथा गाजाका अन्य विद्रोही समूहले प्रहार गरेका दशौँ हजार रकेटलाई रोकेको छ।
डेभिड्स स्लीङ्ले कसरी काम गर्छ?
डेभिड्स स्लीङ् – जसलाई हिब्रु भाषामा “जादुको छडी” भनिन्छ – ले ३०० किलोमिटर परसम्म क्षेप्यास्त्र रोक्न सक्छ। इजरेली कम्पनी राफेल एड्भान्स्ड डिफेन्स सिस्टम र अमेरिकी कम्पनी रेथिअनले संयुक्त रूपमा निर्माण गरेको यो प्रणाली सन् २०१७ देखि सञ्चालनमा छ।
आइरन डोमले जस्तै डेभिड्स स्लीङ्ले पनि मानिसहरूको बस्तीमा खस्ने खालका क्षेप्यास्त्रलाई निसानामा पार्छ। डेभिड्स स्लीङ् र आइरन डोमलाई लडाकू विमान, ड्रोन तथा क्रुज क्षेप्यास्त्र रोक्ने गरी बनाइएका छन्। डेभिड्स स्लीङ्ले प्रहार गर्ने प्रत्येक ‘स्टनर’ क्षेप्यास्त्रको मूल्य १० लाख डलर पर्छ।
एरो २ र एरो ३ ले कसरी काम गर्छन्?
एरो २ ले खासगरी छोटो तथा मध्यम दूरीका बलिस्टिक क्षेप्यास्त्रहरूलाई ती पृथ्वीको सतहभन्दा ५० किलोमिटर माथि रहँदा नै उडानकै क्रममा खसालिदिन्छ। सन् १९९१ को पहिलो खाडी युद्धपश्चात् यो प्रणालीको विकास गरिएको हो। त्यतिबेला इराकले इजरेलमा दर्जनौँ सोभियत-निर्मित स्कड क्षेप्यास्त्र प्रहार गरेको थियो। यसको प्रयोग सन् २००० बाट भयो।
यसले ५०० किलोमिटर पर रहेको क्षेप्यास्त्रको पहिचान गर्छ। प्रहार गरिएको स्थलबाट १०० किलोमिटरको दूरीमै यसले ती क्षेप्यास्त्रलाई रोकिदिन्छ। यो प्रणालीले प्रहार गर्ने प्रतिरोधी क्षेप्यास्त्रको गति ध्वनिभन्दा ९ गुना तीव्र हुन्छ। एकैपटक १४ वटा निसानामा यसले प्रहार गर्न सक्छ। पहिलोपटक लडाइँमा यसको प्रयोग सन् २०१७ मा जमिनबाट आकासमा मार गर्ने सिरियाली क्षेप्यास्त्र विरुद्ध गरिएको थियो।
एरो ३ लाई सर्वप्रथम २०१७ मा तैनाथ गरिएको थियो। यसलाई लामो दूरीका बलिस्टिक क्षेप्यास्त्रलाई रोक्न सक्ने गरी डिजाइन गरिएको छ। दुस्मनले प्रहार गरेको क्षेप्यास्त्र पृथ्वीको वायुमण्डलभन्दा माथि धेरै उचाइमा पुगेको बखत नै यो प्रणालीका प्रतिरोधी क्षेप्यास्त्रले प्रहार गर्छ। यसको रेन्ज २४०० किलोमिटर रहेको छ।
सबभन्दा पहिलोपटक लडाइँमा यसको प्रयोग सन् २०२३ मा गरिएको थियो – यमनस्थित हुथी विद्रोहीहरूले दक्षिणी इजरेलको तटीय इलात सहरमा प्रहार गरिएको क्षेप्यास्त्र रोक्न। यसको विकास सरकारी इजरेल एरोस्पेस इन्डस्ट्रीजले अमेरिकी बोइङ् कम्पनीसँग मिलेर गरेको हो।
अमेरिका-निर्मित थाड प्रणालीले कसरी काम गर्छ?
इरानले सन् २०१४ को अक्टोबरमा इजरेलमा हमला गरेपश्चात् अमेरिकाले उसलाई थाड भनिने हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराएको छ। टर्मिनल हाइ अल्टिच्युड एरिया डिफेन्स (टिएचएएडी वा थाड) प्रणालीले डेभिड्स स्लीङ्ले जस्तै गरी काम गर्छ। यसले आफूतर्फ प्रहार गरिएका दुस्मनका क्षेप्यास्त्रलाई तिनको उडानको अन्तिम चरणमा १५०-२०० किलोमिटरको दूरीमा रोक्छ। यो प्रणालीले पृथ्वीको वायुमण्डलभित्र वा बाहिर पुगेर दुस्मनको क्षेप्यास्त्रलाई रोक्न सक्छ।
थाड प्रणालीमा सामान्यतया ६ वटा लन्चर हुन्छन् जुन प्रत्येकमा ८ क्षेप्यास्त्र हुन्छ। अमेरिकाले इजरेलमा थाड प्रणाली सञ्चालन गर्न आफ्ना फौज खटाएको छ। अमेरिकी सेनाले सन् २०१५ देखि नै थाडको प्रयोग गर्न थालेको छ। उसले यो प्रणाली साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सलाई पनि बेचेको छ। समाचार स्रोत -बीबीसी
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












