ताजा समाचार

रास्वपामा मुकुलले चुकुल खोल्ने देखिएपछि हटाइयो कार्यबाहकको फुर्को

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यबाहकको फुर्को आपतकाल परेपछि हटाएको छ ।

कार्यबाहक महामन्त्री र प्रवक्ताको जिम्मेवारीलाई रास्वपाले पार्टी स्थापना दिवसको अवसरमा कार्यबाहक हटाउने निर्णय गरेको हो ।

निर्वाचन आयोगले रास्वपाको विवरण अद्यावधिक नगरेपछि मुकुल ढकाल नै महामन्त्री रहेको चर्चा चलिरहेको छ । यस्तोमा मुकुल ढकालले पार्टी बैठक डाक्नका लागि महामन्त्रीले जिम्मेवारी सम्हाल्नुपर्ने व्यवस्थालाई सम्झाउदै पत्र पठाइरहेको बताइन्छ ।

मुकुलले निर्वाचन आयोगको पत्रसहित महामन्त्री दाबी गर्न थालेपछि रास्वपाले कार्यबाहकको फुर्को हटाएको हो ।

यसअघि कार्यवाहक महामन्त्री रहेका कविन्द्र बुर्लाकोटीलाई महामन्त्री बनाएको छ भने कार्यवाहक प्रवक्ता रहेका मनिष झालाई नै प्रवक्ता बनाएको छ ।

शनिबार बसेको पार्टीको बैठकले बुर्लाकोटी र झालाई पूर्ण जिम्मेवारी दिएको हो । रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकाल बाहिरिएपछि यी दुवै पद कार्यवाहकका रुपमा रहेका थिए । दुई कार्यबाहकले जिम्मेवारी पाएपनि कार्यबाहक सभापति डीपी अर्यालले भने रविको सभापति पद थाँति राख्दै कार्यबाहकमै चित्त बुझाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org