नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छः उपाध्यक्ष घिमिरे
काठमाडाैं । नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा काठमाडौँमा ‘सिजाङ सांस्कृतिक सप्ताह’ शुरु भएको छ । तिब्बत मिडिया ग्रुपको आयोजनामा आयोजित विशेष समारोहमा राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले दिएको मन्तव्यको पूर्णपाठः
महामहिम राजदूत चेन सोङ,
विशिष्ट अतिथि महानुभावहरू,
आदरणीय महिला तथा सज्जनवृन्द,
र प्रिय सञ्चारकर्मी साथीहरू,
नमस्कार /ताशी देलेक!
सर्वप्रथम, नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको “China’s Xizang Connections Cultural Week” को “A Window to China’s Xizang” कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुन पाउँदा मलाई अत्यन्त खुशी लागेको छ।
यो महत्वपूर्ण समारोह आयोजना गर्नु भएकोमा म काठमाडौंस्थित चिनियाँ राजदूतावास, सिजाङ्ग स्वायत्त क्षेत्र सीपीसीको प्रचार विभाग (Publicity Department of the CPC Xizang Autonomous Region) र चीन अन्तर्राष्ट्रिय सञ्चार समूह (China International Communications Group) लाई हार्दिक धन्यवाद दिन चाहन्छु।
यस सांस्कृतिक सप्ताह कार्यक्रमले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई सुदृढ तुल्याउनुका साथै जनस्तरीय मैत्री सम्बन्धलाई थप गहिरो बनाउने छ भन्ने मैले दृढ विश्वास लिएको छु।
नेपाल–चीन सम्बन्ध केवल कूटनीतिक सीमाभित्र सीमित छैन, यो सम्बन्ध साझा इतिहास, संस्कृति, धर्म, सभ्यता र जनजीवनको जगमा निर्माण भएको छ।चीनको दक्षिण–पश्चिमी भागमा अवस्थित तिब्बत स्वायत्त प्रदेश प्राचीनकालदेखि नै एक विशिष्ट सांस्कृतिक पहिचान, धार्मिक परम्परा र स्वायत्त सामाजिक संरचनाको केन्द्रबिन्दु रहँदै आएको छ। हिमालयका पर्वत र नदीहरूले हाम्रा सम्बन्धलाई प्राकृतिक रूपमा जोडेका छन्।
यो वर्ष, २०२५, नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव हो।यस ऐतिहासिक अवसरमा दुवै देशका सरकार र जनताबीचको सम्बन्धलाई थप गुणात्मक बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन्, जसले हाम्रो सम्बन्धलाई नयाँ उचाइमा पुर्यासउनेछ भन्ने कुरामा म विश्वस्त छु ।
आदरणीय महिला तथा सज्जनवृन्द,
नेपालकी राजकुमारी भृकुटी (ई.स. ६१७–६४९) र तिब्बती राजा सोंछेन गम्पोबीचको विवाहले नेपाली कला र संस्कृतिलाई सिजाङ्गमा प्रवाह गर्योब। भृकुटीलाई त्यहाँ “हरित तारा” (Green Tara) को रूपमा सम्मान गरिन्छ। उहाँसँगै गएका नेपाली कलाकारहरूले तिब्बती गुम्बा, मन्दिर, र दरबारहरूको निर्माणमा योगदान पुर्यारएका थिए।
त्यस्तै, प्रसिद्ध नेपाली कलाकार अरनिको (ई.स. १२४५–१३०६) ले चीनको राजधानी बेइजिङमा रहेको प्रसिद्ध सेतो स्तूप (White Pagoda) निर्माण गरेका थिए।
नेपालका हिमाली क्षेत्रका जातिहरू —शेर्पा, गुरुङ, तामाङ, थकाली, लोपा, योल्मो र लेप्चा— तिब्बती बौद्ध परम्पराका अनुयायी हुन्। यी समुदाय भाषिक, सांस्कृतिक र धार्मिक हिसाबले सिजाङ्गसँग सन्निकट छन्। ल्होसार, बुद्ध जयन्ती जस्ता पर्वहरू यी समुदायहरूले संयुक्त रूपमा मनाउँदै आएका छन्।
तिब्बत आफैमा चित्रकला त्यसमा पनि बौद्ध धर्म सम्बन्धी कला सामग्रीहरू, मौलिक र परम्परागत तिब्बती लोकसंगीत, नृत्यका कारण धनी छ। यो कार्यक्रमले हिमाली सौन्दर्य , परम्परा र परिवर्तन जस्ता विषयवस्तुका बारेमा सबैलाई जानकारी गराउन सफल हुनेछ। यसले तिब्बतलाई नजिकबाट बुझ्न सहयोग पुग्नेछ ।
महामहिमज्यू,
सन् १९५५ मा नेपाल–चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएतापनि हाम्रो जनस्तरीय सम्पर्क र मित्रता दुई हजार वर्षभन्दा पुरानो छ। त्यसमा पनि विशेषगरी नेपाल र चीनको सिजाङ्ग स्वायत्त क्षेत्र (Xizang Autonomous Region) बीचको सांस्कृतिक सम्बन्ध अतुलनीय छ। हामीले साझा धर्म, भाषा र परम्पराहरूलाई अँगालेका छौं। शाक्यमुनि गौतम बुद्धको जन्मस्थल लुम्बिनीमार्फत बौद्ध धर्मले हाम्रो सम्बन्धलाई थप सुदृढ बनाएको छ।
“चीनको आँखी झ्याल”भनेर तिब्बतलाई चिनिनुको मुख्य कारण यसको भौगोलिक र रणनीतिक अवस्थिति हो। यो भारत, नेपाल, भूटान र म्यानमारजस्ता मुलुकहरूसँगको सीमावर्ती क्षेत्र भएकोले भौगोलिक रुपमा यो आफैमा महत्वपूर्ण छ । तिब्बत केवल चीनको आँखी झ्याल होइन यो सांस्कृतिक, धार्मिक र मानवताको एउटा अनुपम विरासत हो। यति धेरै साधना, सहिष्णुता र आध्यात्मिक चेतनाले भरिएको भूमि विरलै पाइन्छ। आधुनिक विश्वमा तिब्बतको संस्कृति केवल एउटा इतिहासको पृष्ठ नभई यसको संरक्षण र सम्मान आवश्यक छ ।
उपस्थित महानुभावहरु
तिब्बत स्वशासित क्षेत्र हाम्रा दुई देशबीचको व्यापार, पर्यटन, संस्कृति र अन्य हितका क्षेत्रहरूमा द्विपक्षीय अन्तरक्रियाको प्रवेशद्वार भएकोले हामी तिब्बत संग नजिक छौ । नेपाल र चीन घनिष्ठ र सौहार्दपूर्ण सम्बन्धमा रही उत्कृष्ट द्विपक्षीय सम्बन्धको आनन्द लिइरहने सदियौंदेखिका मित्रहरू हुन्। हिमाल र नदीले जोडिएको चीनसँगको सौहार्दपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्वका रुपमा लिन्छ । शान्तिपूर्ण सह(अस्तित्वका पाँच सिद्धान्तहरू (पञ्चशील)ले हाम्रो मित्रतालाई बलियो आधार प्रदान गर्दछ। हाम्रो लागि चीन उदार र भरपर्दो विकास साझेदार रहेको छ जसको लागि हामी सधैं आभारी छौं।
नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग छ । हाम्रो प्रतिबद्धता बलियो, स्पष्ट, सीधा र अटल छ। यस प्रतिबद्धताले समयको परीक्षाको सामना गरिसकेको छ। एक चीन नीतिमा नेपालको आधारभूत अडानलाई आन्तरिक र बाह्य परिस्थितिको बदलावले प्रभाव पार्दैन। हाम्रो भूमिमा चीनको हित विरुद्ध कुनै पनि गतिविधि हुन नदिने हाम्रो प्रतिबद्धता दोहोर्यािउन चाहन्छौँ। हाम्रो सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताप्रति चीनको निःशर्त सम्मानको नेपालले कदर गर्दछ। दुई देशबीचको उच्चस्तरीय आदानप्रदानले नेपाल–चीन मित्रताको विकासमा ठूलो योगदान पुर्यारएको छ।
चीनले नेपालका बहुआयमिक क्षेत्रहरुमा महत्वपूर्ण सहयोग पुर्यााउँदै आएको छ भने चीन हाम्रो एक महत्वपूर्ण व्यापार साझेदार मुलुकको रुपमा रहेको छ । यसका लागि हामी चिनियाँ जनता र चिनियाँ सरकारलाई धन्यवाद पनि भन्न चाहन्छौ । चीनको प्रविधी, आर्थिक–सामाजिक विकास अनुकरणीय छ । चीनले अख्तियार गरेको सन्तुलित विकासबाट शहरदेखि ग्रामीण क्षेत्र सबै लाभान्वित छ । ग्रामीण स्तरमा स्थानीय कृषिलाई मजबुत बनाउँदै स्थानीय मानिसहरुको जीवनयापनमा ठूलो परिवर्तन ल्याउन चीन सफल भाएको छ । हिमाल, पहाड र तराईको भौगोलिक विविधता रहेको नेपाल कृषी, जडिबुटी र पर्यापर्यटनको क्षेत्रमा निकै ठूलो सम्भावना बोकेको छ। सिमित स्रोतसाधन, प्रविधीको बिकास र प्रयोगको कमिले गति पैदा गर्न केही ढिलाई भएको छ । यस्ता क्षेत्रमा चीनले हाँशिल गरेको उपलब्धि, ज्ञान, सीप र स्रोतको आदान प्रदानको थप अपेक्षा समेत रहेको छ। नेपालको पुर्वाधार विकास र शहरीकरणका महत्वपुर्ण परियोजनाहरुमा चिनिया कम्पनीहरुको राम्रो उपस्थिति छ। ती संस्थाहरुले नेपालको विकासको लक्ष्य हासिल गर्न सघाउ पुर्याइरहेका छन् ।
गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्र, चिनियाँ कम्युनिष्ट पार्टीका सचिव महामहिम वाङ जुनझेङले नोभेम्बर २०२३ मा गर्नुभएको नेपाल भ्रमणका क्रममा भएका संवाद र सहमति कार्यान्वयन भएकोमा खुसी ब्यक्त गर्दछु । कोभिड १९ को प्रकोपका कारण रोकिएका धेरै सिमा नाका खोल्न उक्त भ्रमण फलदायी भएको छ । जसले गर्दा नेपाली र तिब्बती नागरिकले धेरै सहजता महसुस गरेका छन । तिब्बतमा नेपालबाट घाँसको निर्यात शुरुभएको छ । हिमालय एयरलायन्सले ल्हासा सम्म पोखराबाट उडान शुरु गरेको छ । यसले नेपाल र तिब्बतको पर्यटन क्षेत्रको विकासमा ठुलो योगदान दिने अपेक्षा हामीले राखेका छौ । यसलाई निरन्तरता दिदै चीनका बाँकी शहरमा पनि पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट सिधा उडान नियमित गर्न सकेमा चीनले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२५ लाई सार्थक बनाउन सकिने बिस्वास लिएको छु ।
अन्त्यमा,
निरपेक्ष गरिबी निवारणमा चीनको उपलब्धि मानवताको इतिहासमा नै सबैभन्दा ठूलो उपलब्धि हो। मलाई विश्वास छ कि चिनियाँ कम्युनिष्ट पार्टीको सक्षम र दूरदर्शी नेतृत्वमा चीनले साझा समृद्धि र उच्च गुणस्तरीय विकासतर्फ आफ्नो यात्रा जारी राख्नेछ र अन्ततः आफ्नो दोस्रो शतवार्षिक लक्ष्य हासिल गर्ने विश्वास पनि लिएका छौ। यस महत्वपूर्ण सांस्कृतिक कार्यक्रम दुई देशको विच सांस्कृतिक अनुभव आदनप्रदानका लागि महत्वपूर्ण अवसरको रुपमा परिणत हुन सकोस भन्ने शुभकामना दिन चाहन्छु।संस्कृति कुनै पनि भूगोलको आत्मा हो। तिब्बतको आत्मा जीवित रहनु भनेको सम्पूर्ण मानव सभ्यताको विविधता जोगिनु हो। यसकारण तिब्बतको सांस्कृतिक पहिचानको संरक्षणमा चीनको प्रतिबद्धता र प्रशंसनीय प्रयासबाट हामीलाई पनि संस्कृति संरक्षणको बिषयमा सम्बेदनशील हुन प्रेरित गरेको छ ।
धन्यबाद
ताशी देलेक!
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...












