ताजा समाचार

थाइ नेपाली संघ बैंकक शाखा खेलकुद विभागद्वारा मिनी म्याराथन सम्पन्न

बैंकक । थाइ नेपाली संघ बैंकक शाखा खेलकुद विभागको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । ‘रन फर हर म्याजेस्टिक क्वीन अफ थाइल्याण्ड’ कार्यक्रममा महिला र पुरुष दाैडमा सहभागी भए । प्रतियोगिता थाइल्यान्डको महारानीको जन्मोत्सवको अवसरमा आयोजना गरिएको थाइ नेपाली संघका अगुवा कुमार कार्कीले न्यूज नेपाललाई जानकारी दिनु भयो ।

महारानी सुथिदालाई सम्मान गर्ने उद्देश्यले आयोजित म्याराथनमा ५ किलोमिटर र १० किलोमिटर दौडहरू समावेश थिए। कार्यक्रमबाट प्राप्त रकम स्तन क्यान्सरको लागि क्वीन सिरिकिट केन्द्रलाई दान गरिनेछ।

म्याराथन लुम्बिनी पार्क बैंककमा आयोजना गरिएको थियो । शीर्ष ३ फिनिशरहरूलाई टि-शर्ट, पदक र ट्रफी प्रदान गरेको आयोजकले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org