इरानले युद्धविराम उल्लंघन गरेको भन्दै पुनःआक्रमण गर्न आदेश !
काठमाडौं । इजरायलका रक्षामन्त्री इस्राएल काट्जले इरानले युद्धविराम उल्लंघन गरेको भन्दै तेहरानको केन्द्रमा रहेको शासकीय केन्द्रहरूमा तीव्र आक्रमण गर्न इजरायली सेनालाई आदेश दिएका छन्।
यो निर्देशन इजरायली सेनाले नागरिकहरूलाई सुरक्षित रहेको भन्दै आश्रयस्थलहरूबाट बाहिर निस्कन अनुमति दिएको केहीबेरपछि आएको हो।
टाइम्स अफ इजरायल का अनुसार, इरानले प्रहार गरेको दुई वटा ब्यालिस्टिक मिसाइललाई इजरायलले रोकेको छ।
उता, इरानका स्थानीय अधिकारीहरूले मंगलबार बिहान उत्तर इरानमा भएको आक्रमणमा कम्तीमा नौ जनाको ज्यान गएको छ र चारवटा घर पूर्ण रूपमा ध्वस्त भएको बताएका छन् । गिलान प्रान्तको गभर्नर कार्यालयले दिएको जानकारी अनुसार, अस्तानेह-ये अशरफियेह शहरमा भएको उक्त आक्रमणमा ३३ जना घाइते भएका छन्। कार्यालयले यसलाई ‘आतङ्ककारी हमला’ को संज्ञा दिएको छ।
इरानी सञ्चारमाध्यमहरूले उक्त आक्रमणका पछाडि इजरायलको संलग्नता रहेको उल्लेख गरेका छन्। गिलानका उपगभर्नरका अनुसार, ज्यान गुमाउने र घाइते हुनेमध्ये १६ जना महिला र बालबालिका छन्।
केही सञ्चारमाध्यमका अनुसार, ज्यान गुमाउनेमध्ये एक जना परमाणु वैज्ञानिक मोहम्मद रजा सिद्दीकी पनि छन्। इजरायली सेनाले पनि रातको कारबाहीमा एक वरिष्ठ परमाणु वैज्ञानिकको हत्या गरिएको उल्लेख गरेको छ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












