इरानले युद्धविराम उल्लंघन गरेको भन्दै पुनःआक्रमण गर्न आदेश !
काठमाडौं । इजरायलका रक्षामन्त्री इस्राएल काट्जले इरानले युद्धविराम उल्लंघन गरेको भन्दै तेहरानको केन्द्रमा रहेको शासकीय केन्द्रहरूमा तीव्र आक्रमण गर्न इजरायली सेनालाई आदेश दिएका छन्।
यो निर्देशन इजरायली सेनाले नागरिकहरूलाई सुरक्षित रहेको भन्दै आश्रयस्थलहरूबाट बाहिर निस्कन अनुमति दिएको केहीबेरपछि आएको हो।
टाइम्स अफ इजरायल का अनुसार, इरानले प्रहार गरेको दुई वटा ब्यालिस्टिक मिसाइललाई इजरायलले रोकेको छ।
उता, इरानका स्थानीय अधिकारीहरूले मंगलबार बिहान उत्तर इरानमा भएको आक्रमणमा कम्तीमा नौ जनाको ज्यान गएको छ र चारवटा घर पूर्ण रूपमा ध्वस्त भएको बताएका छन् । गिलान प्रान्तको गभर्नर कार्यालयले दिएको जानकारी अनुसार, अस्तानेह-ये अशरफियेह शहरमा भएको उक्त आक्रमणमा ३३ जना घाइते भएका छन्। कार्यालयले यसलाई ‘आतङ्ककारी हमला’ को संज्ञा दिएको छ।
इरानी सञ्चारमाध्यमहरूले उक्त आक्रमणका पछाडि इजरायलको संलग्नता रहेको उल्लेख गरेका छन्। गिलानका उपगभर्नरका अनुसार, ज्यान गुमाउने र घाइते हुनेमध्ये १६ जना महिला र बालबालिका छन्।
केही सञ्चारमाध्यमका अनुसार, ज्यान गुमाउनेमध्ये एक जना परमाणु वैज्ञानिक मोहम्मद रजा सिद्दीकी पनि छन्। इजरायली सेनाले पनि रातको कारबाहीमा एक वरिष्ठ परमाणु वैज्ञानिकको हत्या गरिएको उल्लेख गरेको छ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











