अकबरे खेतीमा आकर्षित हुँदै कृषक, तनहुँ खुसार्नी हब
दमौली (तनहुँ) । तनहुँको भिमाद नगरपालिका–९ को भानुमति जौपानीको १०० रोपनी क्षेत्रफलमा सामूहिक अबकरे खुर्सानीखेती सुरु गरिएको छ । मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषक समूहमार्फत अकबरे खुर्सानीखेती गरिएको भानुमति कृषक समूहका अध्यक्ष इमान थापाले जानकारी दिए ।
कृषि उत्पादन बढाई वडा नं ८ का स्थानीय बासिन्दालाई आत्मनिर्भर बनाउन खुर्सानीखेती सुरु गरेको उनको भनाइ छ । उक्त जग्गामा एक लाख अकबरे खुर्सानीको बिरुवा रोपिएको छ । खुर्सानीखेतीबाट किसानले वार्षिक दुई लाख ५० हजार केजी खुर्सानी उत्पादन तथा वार्षिक रु छ करोड २५ लाख आम्दानीको लक्ष्य लिइएको छ ।
यहाँ उत्पादन भएको खुर्सानी पोखरा, भिमाद, खैरेनीटारका बजारमा बिक्री गर्ने योजना छ । हाल बजारमा प्रतिकेजी रु ३०० देखि रु ५०० थोक मूल्य रहेको छ । खुर्सानीको बिरुवा उत्पादनका लागि वडा नं ९ ले रु एक लाख अनुदान दिएको थियो । उक्त वडाका आठवटा टोल मोहरीया, पाइमी, कटनछाप, पाथर्दी, थामडाँडा, सखेप, जौपानी र आस्पाग्दी भाडडाँडामा अकबरे खुर्सानी उत्पादनका लागि पकेट क्षेत्र बनाइने भएको छ । सो वडामा समुदायको आर्थिक वृद्धिका लागि अकबरे खुर्सानी सँगसँगै कफीखेतीका लागि पनि सम्भाव्यता अध्ययन भइरहेको छ । -रासस
Comments
अरु समाचार
-
धितोपत्रको दोस्रो बजार कारोबारमा ‘रेकर्ड ब्रेक’
काठमाडौँ: अर्थतन्त्रका केही क्षेत्र सुस्त रहेको बेला आर्थिक वर्ष २०८१\८२ मा धितोपत्रको दोस्रो बजार कारोबारमा भने ऐतिहासिक रेकर्ड कायम भएको...
-
आजबाट नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु..
काठमाडौं । आजबाट नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु भएको छ । नेपालमा नयाँ वर्ष वैशाख १ गतेबाट सुरु भएपनि नयाँ...
-
पर्यटकको आकर्षक गन्तव्य बन्दै आमपानी झरना
घोडाघोडी (कैलाली) । लम्की बजारदेखि करिब सात किलोमिटर उत्तर चुरे पहाडको फेदीमा छ आमपानी झरना । उक्त झरना पछिल्लो समय...
-
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कस्तो ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर...
-
आजबाट धरहरा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने, शनिबार पनि चढ्न पाइने
काठमाडौं । ऐतिहासीक तथा पर्यटकिय महत्व बोकेको धरहरा अाजबाट दैनिक विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ।...
-
सिवाइसी नेपाल लघुवित्त “उत्कृष्ट बचतकर्ता” सम्मान सोलुका पदम तामाङलाई
काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, सोलु शाखाले पदम तामाङलाई “उत्कृष्ट बचतकर्ता” घोषित गर्दै सम्मान गरेको छ ।...
-
महानगर यातायातद्वारा विद्युतीय बस सेवा शुभारम्भ
काठमाडौं । महानगर यातायात प्रा.लिले आजदेखि चक्रपथभित्र सञ्चालन हुने १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा...
-
बुधबार विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर...
-
आयल निगमले घटायो पेट्रोल, डिजेल र मट्टीतेलको भाउ
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ ।निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी...