एसीसी यू-१६ क्रिकेट : प्रशिद्धको शतकमा इन्डोनेशियालाई ४२१ रनको विशाल लक्ष्य प्रस्तुत
काठमाडौं । नेपालले एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेटमा आइतबार शानदार खेल प्रस्तुत गरेको छ । आज भएको नेपालको तेस्रो खेलमा नेपालले इन्डोनेशियालाई ४२१ रनको विशाल लक्ष्य प्रस्तुत गर्दै उत्कृष्ट सुरुवात गरेको हो ।
टस हार्दै ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा मात्र पाँच विकेट गुमाउँदै ४२० रनको स्कोर बनायो । नेपालका लागि ओपनर प्रशिद्ध जैसी र परिमार्जन यादवले १३० रनको ओपनिङ साझेदारी गरेका थिए ।
तस्तै, आजको खेलमा नेपाली टोलीका ओपनर ब्यट्सम्यान प्रशिद्ध जैशीले शतक प्रहार गरेका छन् । उनले ११४ बलको सामना गरेका उनले १५ चौका र एक छक्काको मद्धतमा १३२ रन बनाएका हुन् ।
यस्तै परिमार्जनले पहिलो विकेट गुमाउनुअघि २८ बलमा ८ छक्का र चार चौका प्रहार गर्दै ७१ रनको योगदान दिएका थिए । रौनक श्रीवास्तवले ७१ बलमा ८८ रन प्रहार गरे । उनले ८ चौका र दुई छक्का प्रहार गर्दै उक्त स्कोर बनाएका हुन् ।
यस्तै अर्का ब्यट्सम्यान जोय थापाले पनि अर्धशतक प्रहार गरेका छन् । उनले ४१ बलमा सात चौकाको सहयोगमा ५७ रन बनाएका हुन् । सुगम बुढाथोकीले नटआउट ३९ रन बनाउँदा रोशन शाहीले १० रन बनाए । शिवांश बजगाईं भने आज ६ बल खेल्दै चार रनमा आउट भएका थिए।
इन्डोनेशियाका लागि केतुत धर्मपुत्रले २ विकेट लिँदा रायन रिजा अथालिया, महेन्द्र अजी युद्ध प्रतमा र कविन निरज चड्डाले एकएक विकेट लिए । नेपालको समूह चरणमा यो तेस्रो खेल हो । यसअघिका दुई खेलमा नेपाल विजयी भएको थियो ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











