एसीसी यू-१६ क्रिकेट : प्रशिद्धको शतकमा इन्डोनेशियालाई ४२१ रनको विशाल लक्ष्य प्रस्तुत
काठमाडौं । नेपालले एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेटमा आइतबार शानदार खेल प्रस्तुत गरेको छ । आज भएको नेपालको तेस्रो खेलमा नेपालले इन्डोनेशियालाई ४२१ रनको विशाल लक्ष्य प्रस्तुत गर्दै उत्कृष्ट सुरुवात गरेको हो ।
टस हार्दै ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा मात्र पाँच विकेट गुमाउँदै ४२० रनको स्कोर बनायो । नेपालका लागि ओपनर प्रशिद्ध जैसी र परिमार्जन यादवले १३० रनको ओपनिङ साझेदारी गरेका थिए ।
तस्तै, आजको खेलमा नेपाली टोलीका ओपनर ब्यट्सम्यान प्रशिद्ध जैशीले शतक प्रहार गरेका छन् । उनले ११४ बलको सामना गरेका उनले १५ चौका र एक छक्काको मद्धतमा १३२ रन बनाएका हुन् ।
यस्तै परिमार्जनले पहिलो विकेट गुमाउनुअघि २८ बलमा ८ छक्का र चार चौका प्रहार गर्दै ७१ रनको योगदान दिएका थिए । रौनक श्रीवास्तवले ७१ बलमा ८८ रन प्रहार गरे । उनले ८ चौका र दुई छक्का प्रहार गर्दै उक्त स्कोर बनाएका हुन् ।
यस्तै अर्का ब्यट्सम्यान जोय थापाले पनि अर्धशतक प्रहार गरेका छन् । उनले ४१ बलमा सात चौकाको सहयोगमा ५७ रन बनाएका हुन् । सुगम बुढाथोकीले नटआउट ३९ रन बनाउँदा रोशन शाहीले १० रन बनाए । शिवांश बजगाईं भने आज ६ बल खेल्दै चार रनमा आउट भएका थिए।
इन्डोनेशियाका लागि केतुत धर्मपुत्रले २ विकेट लिँदा रायन रिजा अथालिया, महेन्द्र अजी युद्ध प्रतमा र कविन निरज चड्डाले एकएक विकेट लिए । नेपालको समूह चरणमा यो तेस्रो खेल हो । यसअघिका दुई खेलमा नेपाल विजयी भएको थियो ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
एमाले उपाध्यक्ष ज्ञवालीद्वारा सक्रिय राजनीतिबाट विश्राम लिएकोको घोषणा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेको छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपबाट उनले...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












