तिब्बतको लिन्चीमा ‘हिमालयन देशहरुको पर्यटन प्रवर्द्धन र आर्थिक विकास’ सम्बन्धमा छलफल
ल्हासा । ट्रान्स हिमालयन सीमापार उद्योगीहरूको अन्तर्राष्ट्रिय सम्मेलन चीनको सिचाङ (तिब्बत) स्वायत्त प्रदेशको लिन्चीमा तीन दिनसम्म आयोजना भएको छ । यही जुन २६ देखि २८ तारिखसम्म विभिन्न देशका कुटनीतिक व्यक्तित्व र व्यवसायीको सहभागितामा ट्रान्स हिमालयन फोरम सम्पन्न भएको हो । कार्यक्रममा हिमालय वरपरका क्षेत्रको विकासका मुद्दाबारे घनिभूत छलफल भयो ।
हिमालयन देशहरुको पर्यटन र आर्थिक विकासको प्रवद्धर्न गर्ने उद्देश्य राखेर फोरमको आयोजना गरिएको हो । यस्तै हिमालय क्षेत्रका राष्ट्रहरुबिचको व्यापारव्यवसाय र आर्थिक विकासको प्रवर्द्धनमा जोड दिनु पनि यस फोरमको उद्देश्य रहेको थियो । ट्रान्स हिमालयन फोरम भनेको चीनको सिचाङ जनसरकारद्वारा आयोजित र परराष्ट्र मन्त्रालयद्वारा समर्थित एक क्षेत्रीय अन्तर्राष्ट्रिय सहयोग मञ्च हो । फोरममा नेपाललगायत विभिन्न देशका उच्च पदस्थ व्यक्तित्व, व्यवसायीलगायतलाई आमन्त्रण गरिन्छ ।
यसपटकको कार्यक्रममा बेइजिङबाट नेपाली राजदूत कृष्णप्रसाद ओली, तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले भाग लिएका थिए । यसैगरी कार्यक्रममा चिली र अफगानिस्तानका राजदूत पनि सहभागी थिए । आफ्नो व्यवसाय तथा संस्थाको जानकारी गराउँदै विभिन्न देशका उद्योगीव्यवसायीहरुले फोरममा सहभागिता जनाए ।
चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीले हिमाली मुलुक नेपालले जलवायु परिवर्तनको असर सबैभन्दा धेरै सहनुपरेको बताउँदै अन्य विकसित मुलुकको औद्योगिक विकासले नेपाल प्रताडित हुनुपरेको बताए । नेपालका हिमालहरू पग्लिँदै गएको, पर्यटन क्षेत्र धराशायी हुँदै गएकोतर्फ नेपालले निरन्तर अन्तर्राष्ट्रिय समुदायलाई झक्झक्याइरहेको पनि उनले सुनाए ।
हिमालय सीमापार कनेक्टिभिटी सबैभन्दा बढी आवश्यक नेपाललाई रहेको भन्दै उनले चीनसँग अन्तर्राष्ट्रिय कनेक्टिभिटी बढाउनका लागि चिनियाँ रेललाई नेपाल जोड्नुपर्ने कुरामा राजदूत ओलीले जोड दिए । उनले भने, ‘नेपाल र चीनबीचमा रेलवे सञ्जाल जोडिएमा नेपालमा चिनियाँ पर्यटक बढ्ने र नेपाली उत्पादनलाई चिनियाँ बजारमा विस्तार गर्न सजिलो हुनेछ ।’ नजिकको छिमेकी भएकाले नेपालमा लगानी गर्नु सहज हुने भन्दै उनले व्यवसायी र उद्योगीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरे ।
सीपीसी लिन्चीका उपसचिव तथा मेयर पा थाले स्वागत गर्दै रात्रिभोज दिए । २७ तारिखका दिन सिचाङ स्वायत्त प्रदेशका उपाध्यक्ष चाओ पेंगले सम्मेलनलाई मुख्य सम्बोधन गरे । कार्यक्रम उद्घाटनका अवसरमा तिब्बती संस्कृतिका झलकहरू समेत प्रदर्शन गरिएको थियो। सहभागीहरूलाई लिन्चीमा रहेका विभिन्न सङ्ग्रहालय, औद्योगिक क्षेत्र, पार्क, पानी उद्योग, कृषि फार्म लगायतका ठाउँको स्थलगत अवलोकन भ्रमण गराइएको थियो ।
२०१८ मा स्थापना भएदेखि ट्रान्स हिमालय फोरम ४ पटक सफलतापूर्वक आयोजना गरिएको छ जसमा हालसम्म ४०० भन्दा बढी नेताहरू, चीनका लागि राजदूतहरू, ५० भन्दा बढी देश र क्षेत्रका विज्ञहरू र विद्वानहरू र २० भन्दा बढी अन्तर्राष्ट्रिय सहयोग संस्थाहरू सहभागी भएका छन् । यो क्षेत्रीय पारिस्थितिक संरक्षण, हरित विकास र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने एक महत्वपूर्ण संयन्त्र बनेको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












