तिब्बतको लिन्चीमा ‘हिमालयन देशहरुको पर्यटन प्रवर्द्धन र आर्थिक विकास’ सम्बन्धमा छलफल
ल्हासा । ट्रान्स हिमालयन सीमापार उद्योगीहरूको अन्तर्राष्ट्रिय सम्मेलन चीनको सिचाङ (तिब्बत) स्वायत्त प्रदेशको लिन्चीमा तीन दिनसम्म आयोजना भएको छ । यही जुन २६ देखि २८ तारिखसम्म विभिन्न देशका कुटनीतिक व्यक्तित्व र व्यवसायीको सहभागितामा ट्रान्स हिमालयन फोरम सम्पन्न भएको हो । कार्यक्रममा हिमालय वरपरका क्षेत्रको विकासका मुद्दाबारे घनिभूत छलफल भयो ।
हिमालयन देशहरुको पर्यटन र आर्थिक विकासको प्रवद्धर्न गर्ने उद्देश्य राखेर फोरमको आयोजना गरिएको हो । यस्तै हिमालय क्षेत्रका राष्ट्रहरुबिचको व्यापारव्यवसाय र आर्थिक विकासको प्रवर्द्धनमा जोड दिनु पनि यस फोरमको उद्देश्य रहेको थियो । ट्रान्स हिमालयन फोरम भनेको चीनको सिचाङ जनसरकारद्वारा आयोजित र परराष्ट्र मन्त्रालयद्वारा समर्थित एक क्षेत्रीय अन्तर्राष्ट्रिय सहयोग मञ्च हो । फोरममा नेपाललगायत विभिन्न देशका उच्च पदस्थ व्यक्तित्व, व्यवसायीलगायतलाई आमन्त्रण गरिन्छ ।
यसपटकको कार्यक्रममा बेइजिङबाट नेपाली राजदूत कृष्णप्रसाद ओली, तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले भाग लिएका थिए । यसैगरी कार्यक्रममा चिली र अफगानिस्तानका राजदूत पनि सहभागी थिए । आफ्नो व्यवसाय तथा संस्थाको जानकारी गराउँदै विभिन्न देशका उद्योगीव्यवसायीहरुले फोरममा सहभागिता जनाए ।
चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीले हिमाली मुलुक नेपालले जलवायु परिवर्तनको असर सबैभन्दा धेरै सहनुपरेको बताउँदै अन्य विकसित मुलुकको औद्योगिक विकासले नेपाल प्रताडित हुनुपरेको बताए । नेपालका हिमालहरू पग्लिँदै गएको, पर्यटन क्षेत्र धराशायी हुँदै गएकोतर्फ नेपालले निरन्तर अन्तर्राष्ट्रिय समुदायलाई झक्झक्याइरहेको पनि उनले सुनाए ।
हिमालय सीमापार कनेक्टिभिटी सबैभन्दा बढी आवश्यक नेपाललाई रहेको भन्दै उनले चीनसँग अन्तर्राष्ट्रिय कनेक्टिभिटी बढाउनका लागि चिनियाँ रेललाई नेपाल जोड्नुपर्ने कुरामा राजदूत ओलीले जोड दिए । उनले भने, ‘नेपाल र चीनबीचमा रेलवे सञ्जाल जोडिएमा नेपालमा चिनियाँ पर्यटक बढ्ने र नेपाली उत्पादनलाई चिनियाँ बजारमा विस्तार गर्न सजिलो हुनेछ ।’ नजिकको छिमेकी भएकाले नेपालमा लगानी गर्नु सहज हुने भन्दै उनले व्यवसायी र उद्योगीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरे ।
सीपीसी लिन्चीका उपसचिव तथा मेयर पा थाले स्वागत गर्दै रात्रिभोज दिए । २७ तारिखका दिन सिचाङ स्वायत्त प्रदेशका उपाध्यक्ष चाओ पेंगले सम्मेलनलाई मुख्य सम्बोधन गरे । कार्यक्रम उद्घाटनका अवसरमा तिब्बती संस्कृतिका झलकहरू समेत प्रदर्शन गरिएको थियो। सहभागीहरूलाई लिन्चीमा रहेका विभिन्न सङ्ग्रहालय, औद्योगिक क्षेत्र, पार्क, पानी उद्योग, कृषि फार्म लगायतका ठाउँको स्थलगत अवलोकन भ्रमण गराइएको थियो ।
२०१८ मा स्थापना भएदेखि ट्रान्स हिमालय फोरम ४ पटक सफलतापूर्वक आयोजना गरिएको छ जसमा हालसम्म ४०० भन्दा बढी नेताहरू, चीनका लागि राजदूतहरू, ५० भन्दा बढी देश र क्षेत्रका विज्ञहरू र विद्वानहरू र २० भन्दा बढी अन्तर्राष्ट्रिय सहयोग संस्थाहरू सहभागी भएका छन् । यो क्षेत्रीय पारिस्थितिक संरक्षण, हरित विकास र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने एक महत्वपूर्ण संयन्त्र बनेको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












