‘अमेरिकाले आफ्नो पोजिसन प्रस्ट पार्नुपर्छ, आणविक बम बनाउने सोच छैन्’: इरान
काठमाडौं । इरानका विदेश मन्त्री माजिद तख्त राभान्चीले इरानले गोप्य रूपमा आणविक बम बनाइ रहेको कुरालाई अस्वीकार गरेका छन्। उनले आणविक ऊर्जाका लागि वैज्ञानिकको साथ लिएको भने स्वीकार गरेका छन्।
विदेश मन्त्रीले शून्य युरेनियम संवर्द्धनको कुरा गरेको तथा शून्य युरेनियम नभए बम प्रहार गर्ने अमेरिकी चेतावनी नै गैर न्यायिक भएको उनको जिकिर छ। इरानले अमेरिकासँगको कूटनीतिक वार्ताका लागि आक्रमण नगर्ने प्रतिबद्धता गर्नुपर्ने बताएका छन्।
मध्यस्थकर्तामार्फत् अमेरिकाले वार्ताको प्रस्ताव गरेको बताउँदै उनले अमेरिकाले आफ्नो पोजिसन प्रस्ट पार्नु पर्ने बताए। उनले वार्ता भइरहेको समयमा आक्रमण नहुने कुराको ग्यारेन्टीसमेत माग गरेका छन्।
आणविक केन्द्र र सैन्य कमान्डरलाई लक्षित गर्दै इजरायलले लगातार १२ दिन आक्रमण गरेपछि अमेरिकाले इरानमा पनि आक्रमण गरेको थियो। सो आक्रमणपछि अमेरिकाले लगातार सो स्थानको सम्पूर्ण संरचना नास भएको दाबी गर्दै आएको छ।
अर्कोतर्फ इन्टरनेसनल एटोमिक इनर्जी एजेन्सीले इरानी आक्रमणले धेरै क्षति गरे पनि पूर्ण नास नगरेको बताए। उनले केही महिनामा नै सो संरचना पूर्ण रूपमा तयार हुने कुरामा जोड दिए । एजेन्सीसँग इरानको सम्बन्ध पनि टाढिएको छ। इरानको संसद्ले नै एजेन्सीसँग सम्बन्ध भङ्ग गर्ने निर्णय गरिसकेको छ।
Comments
अरु समाचार
-
चीनबाट अमेरिकामा भएको निर्यात अपेक्षा गरिएभन्दा धेरै
काठमाडौं । गएको महिना चीनबाट अमेरिकामा भएको निर्यात पूर्वानुमानभन्दा बढी रहेको सरकारी तथ्याङ्कले देखाएको छ । वाशिङ्टन र बेइजिङले एकअर्कामाथिको...
-
एयर इन्डिया दुर्घटना : पाइलटले जानाजान दुर्घटना गराएको हुनसक्ने विशेषज्ञको आशंका
काठमाडौं । एयर इन्डिया उडान १७१ को दुर्घटना जानाजानी पाइलटद्वारा गराइएको हुन सक्ने आशंका एक वरिष्ठ विमान सुरक्षा विशेषज्ञले गरेका...
-
अष्ट्रेलियाका लागि नेपाली महावाणिज्यदूतको ठगी धन्दा
काठमाडाैं । नेपालका लागि अष्ट्रेलियाको न्यु साउथ वेल्स स्टेटका मानार्थ महावाणिज्यदूत सञ्जिव शर्माको नेपालमा रहेको ठगी धन्दा खुलेको छ ।...
-
भारतीय अभिनेता कोटा श्रीनिवासको निधन !
काठमाडौं । दक्षिण भारतीय सिनेमाका लोकपृय अभिनेता कोटा श्रीनिवास रावको ८३ वर्षको उमेरमा निधन भएको छ। आइतबार बिहान हैदराबादको फिल्मनगरस्थित...
-
एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक
नयाँ दिल्ली । एअर इन्डिया फ्लाइट १७१ को दुर्घटनासम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । रिपोर्टअनुसार अहिले सम्म बोइङ ७८७...
-
संस्कृत स्नातक सेवामण्डलीको आयोजनामा हुवाहिनमा गुरु पूर्णिमा विशेष कार्यक्रम सम्पन्न
बैंकक । गुरु पूर्णिमा महोत्सव यस वर्ष थाइल्याण्डको हुवाहिन शाखामा भव्यरुपमा सम्पन्न भएको छ । व्यासपूजा, गुरु पूजा, हवन, पाठ,...
-
बेलायतले इरानबाट अप्रत्याशित खतराको सामना गर्दै : अध्ययन प्रतिवेदन
लण्डन । बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना गरिरहेको एक प्रतिवेदनले चेतावनी दिएको छ । बेलायतले इरानबाट खतराको सामना...
-
प्रधानमन्त्रीका पूर्वनिर्धारित कार्यक्रम स्थगित, आपतकालीन सहायता उपलब्ध गराउन सक्रिय
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवामा बाढीले पुर्याएको क्षतिपछि अत्यावश्यक बाहेक पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरेका छन् । कार्यक्रमहरु स्थगित...
-
प्रधानमन्त्रीसँग स्वीट्जरल्याण्डका विदेशमन्त्रीको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले आज शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास,...