रास्वपा स्थापनाको तीन वर्षः काण्डै काण्ड…?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको आज असार १७ गते तीन वर्ष पूरा भएछ । रास्वपाले निर्वाचन आयोगले २०७९ असार १७ मा नयाँ दल दर्ताको प्रमाणपत्र नं १८७ दिएको थियो ।
तीन वर्षअघि स्थापना भएको बालक दल रास्वपाको तीन वर्षे कार्यकालमा सभापति, उपसभापति र सुमना श्रेष्ठ जस्ता उपल्ला नेताहरूका दर्जनौ काण्डै काण्डमा मुछिएका छन् । लामिछानेले अमेरिकाको पिआर लिएर नेपालमा सांसद भएको, एकै पटक दुई देशको नागरिकता, राहदानी लिएको विषयलाई लिएर विवादमा आए । त्यही काण्ड लागेर सांसद पद समेत सर्वाेच्च अदालतले खुस्काइ दिएको थियो ।
लामिछानेले अमेरिकाको पिआर र राहदानी त्यागेर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता लिए । नेपाली रास्वपाका सभापति रवी लामिछाने सहकारी अपचलन र ठगी मुद्दामा भैरहवा जेलमा छन् । हाल उनी माथि काठमाडौं,कास्की, रूपन्देही, चितवन र पर्सा जिल्लामा सहकारीको रकम अपचलन तथा ठगी मुद्दा दर्ता भएको छ ।
उनले सहकारीको अर्बाै रकम अपचलन र ठगी गरेको आरोपमा अदालतमा मुद्दा परेको हो । लामिछाने यो तीन वर्षमा दुई पटक उपप्रधानमन्त्री तथा गृह मन्त्री बनेका थिए । गृह मन्त्री हुँदा उनले सिडिओको सरूवा, एसपी, एसएसपी, डिआईजी बढुवा र सरूवा गरेको विषय विवादित बन्न प’गेको थियो । उनले प्रहरीमा आईजीपी वसन्त बहादुर कुवँरलाई छायाँ आईजीपी बनाएर श्यामलाल ज्ञवाली र डा. मनोज कुमार केसीलाई समानान्तर जस्तो आईजीपी बनाएर दैत्य शासन गरेका थिए ।
त्यस्तै, लामिछाने जेलमा रहेकोले रास्वपाको कार्यवहाक सभापति रहेका उपसभापति डिपी अर्याल माथि पनि जापान र दक्षिण कोरियामा भिजिट भिसा सेटिङमा कामदार पठाएको आरोप लाग्न’का साथै छानबिनको माग गर्दै प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा म’द्धा परेको छ । अर्याललाई भिजिट भिसा सेटिङ मार्फत अहिले मानव तस्करी गरिरहेको आरोप लागेको छ ।
यो पनिः रास्वपा कार्यवाहक सभापति अर्याल विरुद्ध भिजिट भिसा प्रकरणमा उजुरी
रास्वपा नेता तथा सांसद सुमना श्रेष्ठ विदेशी नागरिकसँग बिबाह गरेकाले विदेशी नागरिक भएर सांसद, मन्त्री भएको भन्ने विवाद पनि चर्चामा आएको थियो । त्यस्तै, रास्वपाले संसदमा पनि अपराधिलाई जोगाउने भूमिका खेल्दै आएको छ । कांग्रेस र एमालेका नेतालाई अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएको छ, तर कांग्रेस र एमालेले आफ्ना खराव कार्यकर्ताहरूलाई जोगाउन सडकमा जाने, विरोध गर्ने, संसद अवरूद्व गर्ने र हस्ताक्षर गर्ने कुनै अभियान चलाएको छैन् ।
रास्वपाले देशभर सभापति लामिछानेको राजनीतिक प्रतिशोध विरूद्व हस्ताक्षर अभियान चलाइ रहेको छ । रास्वपाका सभापति लामिछाने, उपसभापति अर्याल, केन्द्रीय नेता तथा सांसद श्रेष्ठ सहित उपल्लो तहका केन्द्रीय नेताहरू नै यसरी विवादमा पर्नु ठिक हैन् । रास्वपाले स्वच्छ राजनीति गर्ने हो भने विवादमा परेका, अपराधमा मुछिएका, जेलमा परेकाहरूलाई पार्टीबाट निलम्बन गरि कारवाही गर्दै नयाँ नेतृत्व चयन गर्दै अगाडि बढनु पर्छ ।
विवादित र अपराधमा मुछिएकालाई पनि साथमा लिएर जाने हो भने नेपाली कांग्रेस,एमाले,माओवादी केन्द्र, राप्रपा, जसपा, लोसपा भन्दा रास्वपा के फरक भयो ? यस्तै हजारौं सहकारी बचत पिडितलाई कसले न्याय दिने ? आज यो प्रश्न नागरिकहरूले उठाउदै आएका छन् । रास्वपाले राजनीतिमा अपराधिकरण र अपराधमा राजनीतिकरण गर्न खोज्दैछ,यस्तो हुन दिनु हुन्न । लामिछाने माथि राजनीतिक प्रतिशोध भएको हैन, सहकारी अपचलन र ठगीको अपराधमा कानुन सम्मत कारवाही भएको हो । त्यस्ता अपराधीलाई दण्ड दिनै पर्छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











