रास्वपा स्थापनाको तीन वर्षः काण्डै काण्ड…?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको आज असार १७ गते तीन वर्ष पूरा भएछ । रास्वपाले निर्वाचन आयोगले २०७९ असार १७ मा नयाँ दल दर्ताको प्रमाणपत्र नं १८७ दिएको थियो ।
तीन वर्षअघि स्थापना भएको बालक दल रास्वपाको तीन वर्षे कार्यकालमा सभापति, उपसभापति र सुमना श्रेष्ठ जस्ता उपल्ला नेताहरूका दर्जनौ काण्डै काण्डमा मुछिएका छन् । लामिछानेले अमेरिकाको पिआर लिएर नेपालमा सांसद भएको, एकै पटक दुई देशको नागरिकता, राहदानी लिएको विषयलाई लिएर विवादमा आए । त्यही काण्ड लागेर सांसद पद समेत सर्वाेच्च अदालतले खुस्काइ दिएको थियो ।
लामिछानेले अमेरिकाको पिआर र राहदानी त्यागेर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता लिए । नेपाली रास्वपाका सभापति रवी लामिछाने सहकारी अपचलन र ठगी मुद्दामा भैरहवा जेलमा छन् । हाल उनी माथि काठमाडौं,कास्की, रूपन्देही, चितवन र पर्सा जिल्लामा सहकारीको रकम अपचलन तथा ठगी मुद्दा दर्ता भएको छ ।
उनले सहकारीको अर्बाै रकम अपचलन र ठगी गरेको आरोपमा अदालतमा मुद्दा परेको हो । लामिछाने यो तीन वर्षमा दुई पटक उपप्रधानमन्त्री तथा गृह मन्त्री बनेका थिए । गृह मन्त्री हुँदा उनले सिडिओको सरूवा, एसपी, एसएसपी, डिआईजी बढुवा र सरूवा गरेको विषय विवादित बन्न प’गेको थियो । उनले प्रहरीमा आईजीपी वसन्त बहादुर कुवँरलाई छायाँ आईजीपी बनाएर श्यामलाल ज्ञवाली र डा. मनोज कुमार केसीलाई समानान्तर जस्तो आईजीपी बनाएर दैत्य शासन गरेका थिए ।
त्यस्तै, लामिछाने जेलमा रहेकोले रास्वपाको कार्यवहाक सभापति रहेका उपसभापति डिपी अर्याल माथि पनि जापान र दक्षिण कोरियामा भिजिट भिसा सेटिङमा कामदार पठाएको आरोप लाग्न’का साथै छानबिनको माग गर्दै प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा म’द्धा परेको छ । अर्याललाई भिजिट भिसा सेटिङ मार्फत अहिले मानव तस्करी गरिरहेको आरोप लागेको छ ।
यो पनिः रास्वपा कार्यवाहक सभापति अर्याल विरुद्ध भिजिट भिसा प्रकरणमा उजुरी
रास्वपा नेता तथा सांसद सुमना श्रेष्ठ विदेशी नागरिकसँग बिबाह गरेकाले विदेशी नागरिक भएर सांसद, मन्त्री भएको भन्ने विवाद पनि चर्चामा आएको थियो । त्यस्तै, रास्वपाले संसदमा पनि अपराधिलाई जोगाउने भूमिका खेल्दै आएको छ । कांग्रेस र एमालेका नेतालाई अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएको छ, तर कांग्रेस र एमालेले आफ्ना खराव कार्यकर्ताहरूलाई जोगाउन सडकमा जाने, विरोध गर्ने, संसद अवरूद्व गर्ने र हस्ताक्षर गर्ने कुनै अभियान चलाएको छैन् ।
रास्वपाले देशभर सभापति लामिछानेको राजनीतिक प्रतिशोध विरूद्व हस्ताक्षर अभियान चलाइ रहेको छ । रास्वपाका सभापति लामिछाने, उपसभापति अर्याल, केन्द्रीय नेता तथा सांसद श्रेष्ठ सहित उपल्लो तहका केन्द्रीय नेताहरू नै यसरी विवादमा पर्नु ठिक हैन् । रास्वपाले स्वच्छ राजनीति गर्ने हो भने विवादमा परेका, अपराधमा मुछिएका, जेलमा परेकाहरूलाई पार्टीबाट निलम्बन गरि कारवाही गर्दै नयाँ नेतृत्व चयन गर्दै अगाडि बढनु पर्छ ।
विवादित र अपराधमा मुछिएकालाई पनि साथमा लिएर जाने हो भने नेपाली कांग्रेस,एमाले,माओवादी केन्द्र, राप्रपा, जसपा, लोसपा भन्दा रास्वपा के फरक भयो ? यस्तै हजारौं सहकारी बचत पिडितलाई कसले न्याय दिने ? आज यो प्रश्न नागरिकहरूले उठाउदै आएका छन् । रास्वपाले राजनीतिमा अपराधिकरण र अपराधमा राजनीतिकरण गर्न खोज्दैछ,यस्तो हुन दिनु हुन्न । लामिछाने माथि राजनीतिक प्रतिशोध भएको हैन, सहकारी अपचलन र ठगीको अपराधमा कानुन सम्मत कारवाही भएको हो । त्यस्ता अपराधीलाई दण्ड दिनै पर्छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












