नागार्जुनका मेयर बस्नेतलाई भ्रष्टाचारमा ८ वर्ष कैद सजाय
काठमाडौं । बिशेष अदालतले सम्पत्ती शुद्धीकरणको मुद्दामा नागार्जुन नगरपालिकाका निलम्बित प्रमुख मोहनबहादुर बस्नेतलाई दोषी ठहर गर्दै ८ वर्ष तीन महिना कैद सजाय तोकेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतले पद्मा कोलोनी र पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक तथा अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ ३३ पैसा घुस लिएको भन्दै २०८१ पुस १४ गते मुद्दा दायर गरेको थियो ।
सोही मुद्धामा सोमबार बिशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बस्नेतलाई दोषी ठहर गर्दै भ्रष्टाचार निवारण ऐन बमोजिमको कसुरमा ८ वर्ष ३ महिना कैद सजायको फैसला गरेको हो ।
अदालतले बस्नेतबाट २६ करोड २५ लाख रुपैयाँ सम्पत्ति जफतको फैसला समेत गरेको छ । यस्तै, बस्नेतलाई १ करोड ५ लाख रुपैयाँ र पद्मा कोलनीका सञ्चालक कँडेललाई ९ लाख २२ हजार रुपैयाँ पीडित राहत संकलन कोषमा भराउने फैसला समेत अदालतले गरेको छ ।
उक्त मुद्दामा बस्नेत सहित कँडेल पनि दोषी ठहर भएका थिए । अदालतले निलम्बित मेयर बस्नेतकी श्रीमती उर्मिलालाई भने सफाइ दिएको छ ।
Comments
अरु समाचार
-
भारतको हिमाचलमा ग्यास सिलिण्डर विस्फोट, ९ जना नेपालीको मृत्यु
काठमाडौं । भारतको हिमाचल प्रदेशमा भएको ग्यास सिलिण्डर विस्फोटबाट ९ जना नेपालीको ज्यान गएको छ। सोलन जिल्लाको अर्की क्षेत्रमा ग्यास...
-
कांग्रेस विशेष महाधिवेशन : सीताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत निर्वाचन समिति गठन गरिएको छ । मंगलबार बन्दसत्र सुरु हुनासाथ सीताराम केसीको अध्यक्षतामा...
-
रोल्पामा वर्षमान र बालरामको भिडन्त, के गर्लान् विप्लव ?
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले रोल्पाबाट बालराम थापालाई एकल उम्मेद्वार सिफारिस गरेको छ । जिल्ला कार्य...
-
कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदैछ । विशेष महाधिवेशन गरिरहेको महामन्त्रीद्वय गगन थाप र...
-
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत प्रतिनिधिहरूले गरे हस्ताक्षर
काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । विशेष महाधिवेशन प्रचार संयोजक सुवास...
-
विशेष महाधिवेशनमा विश्वप्रकाशले पेस गरेको प्रतिवेदनमा के छ ?
काठमाडौं ।नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत सोमबार भृकुटीमण्डपमा सुरु भएको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन्।श्यामकुमार खड्काको अध्यक्षतामा...
-
ओलीसँग भिड्ने तयारी गर्दै बालेन, माघ ५ गते पदबाट राजीनामा दिने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माघ ५ गते पदबाट राजीनामा दिने तयारी गरेका छन्। बालेनको सचिवालयका एक सदस्यका...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...
-
कांग्रेस विशेष महाधिवेशनः आज पनि प्रतिनिधिको नाम दर्ता जारी
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...











