नेपाल एसिसी यु–१६ कपको फाइनलमा !
काठमाडौं । एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको साविक विजेता नेपाल मलेसियालाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।
सेलाङ्गोर टर्फ क्लबको मैदानमा बिहीबार भएको सेमिफाइनल खेलमा नेपालले घरेलु टाली मलेसियालाई नौ विकेटले हरायो । जितका लागि मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले १४.४ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
नेपालका लागि परिमार्जन यादवले अविजित ५९ रन बनाए । उनले ३५ बलमा पाँच चौका र पाँच छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । शिवान्श बजगाईँले अविजित २३ रन बनाए ।
ओपनरका प्रसिद्ध जैसी दुई रनमा आउट भएका थिए । बलिङमा मलेसियाका नागिनिश्वरमले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ४३.१ ओभरमा सबै विकेटको क्षतिमा ९० रन बनाएको थियो ।
मलेसियाका लागि मोहम्द फतुल मुइनले सर्वाधिक ३८ रन बनाउनुभयो । यस्तै कप्तान डियाज प्याट्रोले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बलिङमा नेपालका अभय यादवले चार विकेट लिए । यस्तै शुभम् खनालले तीन तथा सचिन भट्ट र कप्तान विपिनप्रसाद शर्माले एक एक विकेट लिए । फाइनलमा नेपालले असार २१ गते हङकङ र सिङ्गापुरबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
एसियन क्रिकेट काउन्सिलको आयोजनामा सञ्चालित प्रतियोगितामा १० देशले भाग लिएका थिए । सहभागी देशलाई दुई समूहमा विभाजन गरिएको थियो ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












