कांग्रेस केन्द्रीय सदस्य अवालेको प्रश्नः नाफाको व्यापारचाहिँ राजनीति मात्र हो ?
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य गंगालक्ष्मी अवालेले देशका हरेक क्षेत्र घाटामा गए पनि नेतृत्व सचेत नभएको बताएकी छिन् । शुक्रबार कांग्रेस केन्द्रीय समितिकाे बैठकमा बोल्दै नेतृ अवालेले साे कुरा बताएकी हुन् ।
कृषि कर्मलाई घाटाको व्यापार भनेर चर्चा गरिनु गलत भएको बताउँदै उनले भनिन्, ‘कृषिमा उत्पादन र उत्पादकत्व वृद्धि गर्नको लागि विभिन्न आधुनिकीकरण, यान्त्रीकरण, औद्योगीकरणालगायतकाे चर्चा भैरहे पनि शहर बजारका युवाहरु, पढेलेखेका बुद्विजीवीहरु, अनि मै हुँ भन्ने समाजसेवीहरु समेत कृषि कर्मलाई घाटाको व्यापार किन गर्ने भन्छन् । जहिले कृषि घाटामा मात्र हुन्छ भन्छन् । अनि नाफाको व्यापार चाहिँ राजनीति मात्र हो त ?”
नेतृ अवालेले कृषि कर्म गर्नेलाई देशले सम्मान गर्न नसकेको दाबी गदै देशको विकास कृषि क्रान्तिबाटै सम्भव रहेको बताइन् । उनले देशभरिको कृषि कर्म महिलाले धानेको, त्यति मात्र नभएर जलवायु परिवर्तनले समेत कृषिलगायत कहीँ खडेरी, कहीँ बाढी-पहिरो, कहीँ अतिवृष्टि,अनावृष्टि अनि खण्डवृष्टिले विश्वलाई नै आक्रान्त बनाएको जनाइन् । उनले भनिन्, ‘यी सबै समस्याहरुको समाधानको लागि महिलाहरुलाई सशक्त बनाउनुपर्छ । यदि महिलाहरुलाई सामाजिक, आर्थिक, शैक्षिक, राजनैतिक रुपमा सशक्त बनायौं भने जलवायु परिवर्तनबाट हुने खराब असरहरुलाई समेत न्यूनीकरण गर्न सकिन्छ । तर भर्खरै, अस्ति असार १५ गते हामीले राष्ट्रिय धान दिवस मनाउँदै गर्दा हजारौँ महिलाहरुले मल नपाएको गुनासो गरेका थिए ।’ यस्ता समस्याको समाधानको लागि कृषिमा दीर्घकालीन् सोच र दृष्टिसहित अगाडि बढ्न सकेको खण्डमा हाल अरबौको खाद्यान्न आयात गरेर खाईरहेकोमा विदेशमा निर्यात समेत गर्नसक्ने उनले जिकीर गरेकी छिन् ।
कांग्रेस केन्द्रीय समिति बैठकमा फरक प्रसंगमा बाेल्दै उनले युवाहरुले प्रश्न गर्न पाउनु पर्ने माग गरिन् । उनले प्रश्न आफैंमा ठूलो खबरदारी भएका कारण नेताहरुले युवाका प्रश्नहरुलाई सुन्नु पर्नेमा जाेड दिइन् । अवालेले बैठकमा भनिन् , ‘पार्टीभित्रै एउटा नयाँ जमातले झूठाेमाथि झूठाे बोलिरहेको छ, र हामी त्यही झुठाेलाई समर्थन गर्नेजस्तो गरिकन ताली बजाईरहेका छौँ । आजको सबैभन्दा ठूलो समस्या यही हो । यो समस्यालाई सम्बोधन गर्न नेतृत्वले सक्ने कि नसक्ने ?’
‘नेतृत्व भनेको पार्टी सभापति मात्र हो ? सभापति फेर्नेबित्तिकै सबै कुरा ठीकठाक हुन्छ भन्ने भ्रम पालेर नबसौँ ‘,उनले भनिन् । उनले पार्टी सभापति शेरबहादुर देउवाबाट अरुको विरोध नगरिकन पनि आफू असल हुन सकिन्छ भन्ने कुरा सिक्न आग्रह समेत गरिन् । नेत्री अवालेले सभापति देउवाको विरोध गर्नेहरुलाई लक्षित गदैे भनिन् , ‘आफ्नै नेतृत्वको विरोध नगरिकन हामी आफ्नो विचार राख्नै सक्दैनौँ त ?’
व्यवासायिक सीप विकास विभागको प्रमुख समेत रहेकी उनले शिक्षा, स्वास्थ्य र कृषिदेखि सामाजिक मूल्यमान्यता समेत बाहिरबाट आयातित हुन थालेको दाबी गर्दै हरेक क्षेत्रमा आफ्नै मौलिक मान्यतालाई विकास नगरेसम्म देशमा परिवर्तन नहुने बताइन्।
समितिमा मन्तव्य राख्दै उनले भनिन् , ‘पुजीँ निर्माणकर्तालाई स्वागत गर्नुपर्छ । नत्र हामी आफूलाई कसरी प्रजातन्त्रवादी, लोकतन्त्रवादी भन्ने ? हामी त कस्ता भयौँ भने अरुले हात्तीलाई पूजा गरेको विरोध गर्ने आफूचाहिँ बिरालोको बच्चा पाएको कुरा सामाजिक सञ्जालमा प्रचार गर्ने ?’
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायत विरुद्ध के विषयमा भयो मुद्धा दायर ?
काठमाण्डौ । सम्पत्ति शुद्धीकरण विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानमा रहेका दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा लगायतविरूद्ध...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
२५ अर्बको दाबी सहित दीपक भट्टविरुद्ध मुद्दा दर्ता आज, अब दीपक तिमिल्सिनाको पालो कहिले?
काठमाडौं । लामो समयदेखि राजनीतिक तथा व्यावसायिक वृत्तमा प्रभावशाली ‘फिक्सर’ र बिचौलियाका रूपमा चिनिएका व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
उज्ज्वल राम घिमिरेद्वारा डीएलए काठमाडौं अध्यक्ष पदमा उम्मेदवारी घोषणा
काठमाडौं । डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) काठमाडौंमा आगामी नेतृत्व चयन प्रक्रियाअन्तर्गत उज्ज्वल राम घिमिरेले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...











