कांग्रेस केन्द्रीय सदस्य अवालेको प्रश्नः नाफाको व्यापारचाहिँ राजनीति मात्र हो ?
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य गंगालक्ष्मी अवालेले देशका हरेक क्षेत्र घाटामा गए पनि नेतृत्व सचेत नभएको बताएकी छिन् । शुक्रबार कांग्रेस केन्द्रीय समितिकाे बैठकमा बोल्दै नेतृ अवालेले साे कुरा बताएकी हुन् ।
कृषि कर्मलाई घाटाको व्यापार भनेर चर्चा गरिनु गलत भएको बताउँदै उनले भनिन्, ‘कृषिमा उत्पादन र उत्पादकत्व वृद्धि गर्नको लागि विभिन्न आधुनिकीकरण, यान्त्रीकरण, औद्योगीकरणालगायतकाे चर्चा भैरहे पनि शहर बजारका युवाहरु, पढेलेखेका बुद्विजीवीहरु, अनि मै हुँ भन्ने समाजसेवीहरु समेत कृषि कर्मलाई घाटाको व्यापार किन गर्ने भन्छन् । जहिले कृषि घाटामा मात्र हुन्छ भन्छन् । अनि नाफाको व्यापार चाहिँ राजनीति मात्र हो त ?”
नेतृ अवालेले कृषि कर्म गर्नेलाई देशले सम्मान गर्न नसकेको दाबी गदै देशको विकास कृषि क्रान्तिबाटै सम्भव रहेको बताइन् । उनले देशभरिको कृषि कर्म महिलाले धानेको, त्यति मात्र नभएर जलवायु परिवर्तनले समेत कृषिलगायत कहीँ खडेरी, कहीँ बाढी-पहिरो, कहीँ अतिवृष्टि,अनावृष्टि अनि खण्डवृष्टिले विश्वलाई नै आक्रान्त बनाएको जनाइन् । उनले भनिन्, ‘यी सबै समस्याहरुको समाधानको लागि महिलाहरुलाई सशक्त बनाउनुपर्छ । यदि महिलाहरुलाई सामाजिक, आर्थिक, शैक्षिक, राजनैतिक रुपमा सशक्त बनायौं भने जलवायु परिवर्तनबाट हुने खराब असरहरुलाई समेत न्यूनीकरण गर्न सकिन्छ । तर भर्खरै, अस्ति असार १५ गते हामीले राष्ट्रिय धान दिवस मनाउँदै गर्दा हजारौँ महिलाहरुले मल नपाएको गुनासो गरेका थिए ।’ यस्ता समस्याको समाधानको लागि कृषिमा दीर्घकालीन् सोच र दृष्टिसहित अगाडि बढ्न सकेको खण्डमा हाल अरबौको खाद्यान्न आयात गरेर खाईरहेकोमा विदेशमा निर्यात समेत गर्नसक्ने उनले जिकीर गरेकी छिन् ।

कांग्रेस केन्द्रीय समिति बैठकमा फरक प्रसंगमा बाेल्दै उनले युवाहरुले प्रश्न गर्न पाउनु पर्ने माग गरिन् । उनले प्रश्न आफैंमा ठूलो खबरदारी भएका कारण नेताहरुले युवाका प्रश्नहरुलाई सुन्नु पर्नेमा जाेड दिइन् । अवालेले बैठकमा भनिन् , ‘पार्टीभित्रै एउटा नयाँ जमातले झूठाेमाथि झूठाे बोलिरहेको छ, र हामी त्यही झुठाेलाई समर्थन गर्नेजस्तो गरिकन ताली बजाईरहेका छौँ । आजको सबैभन्दा ठूलो समस्या यही हो । यो समस्यालाई सम्बोधन गर्न नेतृत्वले सक्ने कि नसक्ने ?’
‘नेतृत्व भनेको पार्टी सभापति मात्र हो ? सभापति फेर्नेबित्तिकै सबै कुरा ठीकठाक हुन्छ भन्ने भ्रम पालेर नबसौँ ‘,उनले भनिन् । उनले पार्टी सभापति शेरबहादुर देउवाबाट अरुको विरोध नगरिकन पनि आफू असल हुन सकिन्छ भन्ने कुरा सिक्न आग्रह समेत गरिन् । नेत्री अवालेले सभापति देउवाको विरोध गर्नेहरुलाई लक्षित गदैे भनिन् , ‘आफ्नै नेतृत्वको विरोध नगरिकन हामी आफ्नो विचार राख्नै सक्दैनौँ त ?’
व्यवासायिक सीप विकास विभागको प्रमुख समेत रहेकी उनले शिक्षा, स्वास्थ्य र कृषिदेखि सामाजिक मूल्यमान्यता समेत बाहिरबाट आयातित हुन थालेको दाबी गर्दै हरेक क्षेत्रमा आफ्नै मौलिक मान्यतालाई विकास नगरेसम्म देशमा परिवर्तन नहुने बताइन्।
समितिमा मन्तव्य राख्दै उनले भनिन् , ‘पुजीँ निर्माणकर्तालाई स्वागत गर्नुपर्छ । नत्र हामी आफूलाई कसरी प्रजातन्त्रवादी, लोकतन्त्रवादी भन्ने ? हामी त कस्ता भयौँ भने अरुले हात्तीलाई पूजा गरेको विरोध गर्ने आफूचाहिँ बिरालोको बच्चा पाएको कुरा सामाजिक सञ्जालमा प्रचार गर्ने ?’
Comments
अरु समाचार
-
दस्तावेज संरक्षित गर्दै सर्वोच्च, न्यायाधीश फुयालको सक्रियतामा २०१० सालको नजिर प्रकाशन
काठमाडाैं । सर्वोच्च अदालतले नजिर प्रणालीलाई व्यवस्थित, पारदर्शी र सर्वसुलभ बनाउन ठूलो महत्त्वपूर्ण पहल थालेको छ। न्यायाधीश हरिप्रसाद फुयालको संयोजकत्वमा...
-
थाइल्यान्डमा ‘२१२ औँ भानु जयन्ती’ विशेष कार्यक्रमका साथ सम्पन्न
काठमाडौं । थाइल्यान्डस्थित नेपाली राजदूताबासको आयोजनामा बैंककमा '२१२ औँ भानु जयन्ती' विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ । थाइल्यान्डका लागि...
-
फ्लड लाइट जडानमा सेटिङ जालोः समय सकियो, ठेकेदारले टेरेनन् सरकार !
काठमाडौं । क्रिकेट रंगशालामा फ्लड लाइट जडान हुने विषयले खुशी दिलाएका क्रिकेटप्रेमीहरुका लागि फ्लड लाइटमा हुन थालेको झेलले ठूलो झड्का...
-
अष्ट्रेलियाका लागि नेपाली महावाणिज्यदूतको ठगी धन्दा
काठमाडाैं । नेपालका लागि अष्ट्रेलियाको न्यु साउथ वेल्स स्टेटका मानार्थ महावाणिज्यदूत सञ्जिव शर्माको नेपालमा रहेको ठगी धन्दा खुलेको छ ।...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
घुस दिन नमान्नेहरु स्वास्थ्य सेवा विभागका तीन कर्मचारीको चंगुलमा, भुक्तानीमा अनाैठो झेल !
काठमाडाैं । स्वास्थ्य सेवा विभागले घुस लिने विषयलाई औपचारिकता दिदै आएको छ । ठेकेदारहरुले काम सम्पन्न गरेपनि भुक्तानी लिँदा घुस...
-
भारतीय अभिनेता कोटा श्रीनिवासको निधन !
काठमाडौं । दक्षिण भारतीय सिनेमाका लोकपृय अभिनेता कोटा श्रीनिवास रावको ८३ वर्षको उमेरमा निधन भएको छ। आइतबार बिहान हैदराबादको फिल्मनगरस्थित...
-
आज प्रधानमन्त्री ओली गृहजिल्ला झापामा
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने भएका छन्। आज र भोलि झापा...
-
बैतडीको पाटनमा जिप दुर्घटना : चालकसहित दुइको मृत्यु, ६ घाइते
काठमाडौं । बैतडीको पाटन नगरपालिका–६ स्थित खिपालीमा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर...