ताजा समाचार

त्रिवि क्रिकेट मैदानमा सिट जडान सुरु

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ ।

रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो ।

यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान गरिँदैछ ।

निर्माणको जिम्मा पाएको बिजी कन्स्ट्रक्सनका इञ्जिनियर सुनील शाहका अनुसार प्यारापिटमा पहेलो सेतो खैरो हरियो नीलो र सुन्तला गरी पाँच रङका कुर्सी जडान हुने छन् ।

प्यारापिटलाई रङ्गशालाको पश्चिमतर्फ ६ र पूर्वतर्फ दुईगरी आठ खण्डमा विभाजन गरिएको छ । प्रत्येक खण्डमा ६५२ कुर्सी राखिने छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org