हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडियो, जिल्लाबासीको सपना पूरा
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको खार्पुनाथ गाउँपालिका-५ को च्वाखोला नदीमा निर्माण सम्पन्न भएको बेलिब्रिज उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले सिमकोट औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा जोड्ने कर्णाली करिडोरअन्तरगत पर्ने खार्पुनाथ गाउँपालिका-५ को च्वाखोला नदीमा निर्माण भएको नयाँ बेलिब्रिज उद्घाटन गरेका हुन् ।
बेलिब्रिज उद्घाटन भएसँगै सदरमुकाम सिमकोट औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । हुम्लाको सदरमुकाम सिमकोटलाई सडक सञ्जालमा जोड्ने योजना बनेपछि खार्पुको दोजाम कर्णाली नदीमा नेपाली सेनाले बेलिब्रिज निर्माण गरेको हो ।
राष्ट्रिय सडक सञ्जालमा जोड्न नसकेको नेपालको एक मात्रै हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटलाई सडकसँग जोडिएको छ । प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वधार मन्त्री देवेन्द्र दाहाल पुगेका थिए । कर्णाली कोरिडोर भएर राष्ट्रिय सडकसँग जोड्नका लागि नेपाली सेनाले असार १० गते बेलिब्रिज निर्माण कार्य सम्पन्न गरेको थियो ।
छोटो समयमै नेपाली सेनाले काम सम्पन्न गर्दा हुम्लावासीले खुसी व्यक्त गरेका छन् । हुम्लालाई सडकसँग जोड्नका लागि नेपाली सेनाको चौध बाइनी निर्माण टोली चैत १० गते हुम्ला पुगेका थिए ।
Comments
अरु समाचार
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
महिलाले पुरुषको तुलनामा २५ प्रतिशत बढी समय खराब स्वास्थ्यमा बिताउँछन् : अध्ययन
विश्वभर महिलाहरूले पुरुषको तुलनामा झन्डै २५ प्रतिशत बढी समय खराब स्वास्थ्य अवस्थामा बिताउने गरेको एक नयाँ अध्ययनले देखाएको छ ।...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
त्रिवि उपकुलपतिको लागि १० जना उम्मेदवारको सूची सार्वजनिक
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि १० जना उम्मेदवारको सूची सार्वजनिक भएको छ । सिफारिस समितिले शुक्रबार सार्वजनिक गरेको सूचिमा...
-
पूर्व गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले सरकारलाई बुझायो प्रतिवेदन
काठमाण्डौ । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । छानबिन समितिका संयोजक अच्युतमप्रसाद भण्डारीले...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
कर्मचारीमा त्रास सिर्जना गर्दै वालेन्द्र सरकार, कृष्णहरी समातेर देखाइदिने सन्देश किन?
काठमाडौं । उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव कृष्णहरी पुस्करलाई प्रहरीले नियन्त्रणमा लिएर केरकारपछि रिहा गर्दै कर्मचारीलाई तह लगाउने सन्देश दिन सरकार...












