ताजा समाचार

रुस-युक्रेन युद्धमा रासायनिक हतियारको प्रयोग तीव्रः गुप्तचर एजेन्सी

काठमाडौं । रुसले युक्रेनी सैनिकविरुद्ध रासायनिक हतियारको प्रयोग तीव्र बनाएको नेदरल्याड्स र जर्मन गुप्तचर एजेन्सीले जनाएका छन् ।

रुसी सेनाले घाँटीमा असर गर्ने क्लोरोपिक्रिन प्रयोग गरिरहेको आफूसँग प्रशस्त प्रमाण रहेको ती एजेन्सीले जनाएका हुन् । डच सैन्य गुप्तचर र सुरक्षा सेवाका प्रमुख पिटर रिसिंकले यो आफ्नै अनुसन्धानमा आधारित निष्कर्ष भएको बताए ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जर्मनीको गुप्तचर एजेन्सीले पनि उक्त निष्कर्षलाई पुष्टि गर्दै रुसी सेनाले युक्रेनमा अश्रुग्यासका साथै धेरै खतरनाक रासायनिक क्लोरोपिक्रिन प्रयोग गरिरहेको जनाएको छ । रुसले रासायनिक हतियार हजारौँपटक प्रयोग गरेको उनको भनाइ छ ।

रुसले निषेधित हतियार प्रयोग गरेको अस्वीकार गर्दै आएको छ । युक्रेनले पनि यस्तै आरोप अस्वीकार गरेको छ । रासायनिक हतियारको प्रयोग अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लंघन मानिन्छ ।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोवाले देशको संघीय सुरक्षा सेवाले बुधबार पूर्वी भागमा युक्रेनी हतियारको भण्डार फेला पारेको जिकिर गरेकी छिन । त्यसमा क्लोरोपिक्रिन समावेश रहेको उनले बताइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org