ताजा समाचार

रसुवा बाढी अपडेटः अहिलेसम्म १८ जना बेपत्ता, दुई प्रहरीसहित सात स्थानीयको उद्धार

काठमाडौं । रसुवाको बाढीमा बेपत्ता हुनेको संख्या १८ जना पुगेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

प्रहरीका अनुसार गएराति ३ बजे चीनतर्फ रसुवाको गोसाइकुन्ड गाउँपालिका–२ रसुवागढीमा आएको बाढीमा परी हालसम्म १८ जना बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा तीन प्रहरी, ९ जना नेपाली कामदार र ६ जना चिनियाँ कामदार रहेको प्रहरीको भनाई छ।

बाढीमा फसेका ९ जनाको भने उद्धार भएको छ। सशस्त्र प्रहरी बलका एक जना, नेपाल प्रहरीका एक जना र सात जना स्थानीयलाई उद्धार गरिएको रसुवा प्रहरीले जनाएको हो।

उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org