धरहराबाट करोडौं राजस्व, सार्वजनिक बिदामा पनि खुल्ने
काठमाडौँ । पुनर्निर्माणपछि खुला गरिएको धरहरा अब दैनिक दुई चरण (सिफ्ट) मा खुला गरिने भएको छ । साउन १ गतेदेखि दुई चरणमा सञ्चालन हुने तयारी भइरहेको सहरी विकास मन्त्रालयले जनाएको छ । धरहरा अहिले दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म खुला गरिएको छ । सरकारले दिने सार्वजनिक बिदाको दिन यो बन्द हुन्छ भने शनिबार दिइने साप्ताहिक बिदाको सट्टा बुधबार धरहरा बन्द हुने गर्छ ।
सहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायण मैनालीले अब सार्वजनिक बिदाका दिनसमेत बिहान ८ देखि बेलुका ८ बजेसम्म धरहरा सञ्चालनका लागि आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो । धरहरा अवलोकनका लागि दिनहुँ मानिसको आकर्षण बढ्दै गएको हुनाले हप्ताको सातै दिन दुई चरणमा सञ्चालन तयारी भइरहेको उहाँले बताउनुभयो ।
भूकम्पले क्षतिग्रस्त धरहरा पुनर्निर्माणपछि सशुल्क सञ्चालन गरिएको सात महिनाको अवधिमा टिकट बिक्रीबाट चार करोड ३३ लाख ९३ हजार ६५० रुपियाँ राजस्व सङ्कलन भएको सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) ले जनाएको छ । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित धरहरा खुला गरिएको थियो ।
जेठ मसान्तसम्म सो राजस्व सङ्कलन भएको हो । विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) अन्तर्गत धरहरा सञ्चालन हुँदै आएको छ । एकाइका नायब सुब्बा बाघसिंह ओलीले धरहरा सञ्चालन भएको यस अवधिमा दुई लाख ३७ हजार ६५ जनाले धरहरा चढी अवलोकन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार धरहरा अवलोकन गरेको यस
सङ्ख्यामा १० वर्षमुनिका बालबालिकाको तथ्याङ्क समावेश गरिएको छैन । १० वर्षसम्मका बालबालिकासँग शुल्क नलिने गरिएकाले उनीहरूको तथ्याङ्क सङ्कलन हुन नसकेको उहाँले स्पष्ट पार्नुभयो ।
संविधान दिवसका अवसर पारेर असोज ३ गतेदेखि धरहरा सर्वसाधारणका लागि निःशुल्क रूपमा सञ्चालन गर्ने निर्णय गरिएको थियो । गत मङ्सिर ६ गते बसेको मन्त्रीपरिषद् बैठकले सशुल्क धरहरा खुला गर्ने निर्णय गरेको थियो । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश–२०८१ बमोजिम सशुल्क धरहरा सञ्चालनमा ल्याइएको हो ।
उहाँले टिकट बिक्रीबाट सङ्कलन भएको रकम हरेक दिन सोझै सरकारको राजस्वमा जम्मा गर्ने गरिएको बताउनुभयो । टिकट बिक्रीबाट सङ्कलित रकमबाट कुनै शीर्षकमा खर्च कटाउने नगरिएको उहाँले स्पष्ट पार्नुभयो । धरहरा चढ्न प्रतिव्यक्ति दुई सय रुपियाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था गरिएको नायब सुब्बा ओलीले जानकारी दिनुभयो ।
उहाँले धरहरा चढ्न विदेशी पर्यटकसमेत आउने गरेको बताउनुभयो । उहाँका अनुसार सार्क मुलुकबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेकका मुलुकबाट आउने पर्यटकलाई प्रतिव्यक्ति एक हजार रुपियाँ शुल्क तोकिएको छ । धरहराको बेसमेन्टमा सवारीसाधनको पार्किङबापत शुल्क लिने भनिए पनि अहिलेसम्म नलिएको उहाँले बताउनुभयो । अहिलेसम्म सर्वसाधारणले दुईपाङ्ग्रे र
चारपाङ्ग्रे सवारीसाधन निःशुल्क पार्किङ सेवा लिँदै आएका छन् । धरहरा परिसरमा प्रवेशका लागि ५० रुपियाँ, धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापनका लागि प्रतिघण्टा पाँच हजार रुपियाँ, व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघण्टा पाँच हजार रुपियाँ र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार रुपियाँ तोकिएको उहाँले जानकारी दिनुभयो ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












