ताजा समाचार

भोटेकोशी बाढीले विस्थापित चार सय ८५ जनाको उद्धार

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशीमा आएको बाढीमा फसेका चार सय ८५ जनाको उद्धार गरिएको छ । सशस्त्र प्रहरीसहितको सुरक्षार्मीको टोलीले अस्थायी पदमार्ग बनाएर अलपत्र परेका स्थानीयलाई उद्धार गरेको हो ।

बिहीबार दिउँसोसम्ममा चार सय ८५ जनालाई उद्धार गरेर सुरक्षाकासाथ गन्तव्यतर्फ पुर्‍याएको सशस्त्र प्रहरीका नायब उपरीक्षक सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

भोटेकोशी नदीमामा आएको बाढीले तीन सुरक्षाकर्मीसहित १४ जना नेपाली र ६ जना चिनियाँ नागरिक बेपत्ता भएका छन्। हालम्म चार जनाको शव फेला परेको छ । प्रहरीले अन्य पाँच वटा मानव अंग मात्र फेला परेको छ । फेला परेको शवमध्ये एक शवको मात्र पहिचान हुनसकेको छ।

तिब्बतको ल्हेन्दे खोलामा आएको लेदोसहितको बाढी भोटेकाशीमा मिसिदा रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीमा रहेको नेपाल–चीन जोड्ने पुलमा समेत क्षति पुर्‍याएको छ। नेपाल–चीन भन्सार नाका जोड्ने बाटो अवरुद्ध भएको छ। उक्त क्षेत्रमा विद्युतसमेत अवरुद्ध छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org