एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक
नयाँ दिल्ली । एअर इन्डिया फ्लाइट १७१ को दुर्घटनासम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । रिपोर्टअनुसार अहिले सम्म बोइङ ७८७ ड्रीमलाइनर र त्यसमा प्रयोग भएको इन्जिनको अपरेटरहरूलाई कुनै सल्लाह जारी गरिएको छैन । १२ जुन २०२५ मा भारतको अहमदाबाद शहरमा एअर इण्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर दुर्घटनाग्रस्त भएको थियो । यस दुर्घटनामा विमानमा सवार सबै २०४ जनाको ज्यान गएको थियो भने पाँच वटा भवनहरू पूर्ण रूपमा ध्वस्त भएका थिए । मेडिकल होस्टेलमा ठोक्किँदा करिब ३० जना भुइँतलामा रहेका व्यक्तिहरूको पनि ज्यान गएको थियो ।
दुवै इन्जिनको फ्युल कन्ट्रोल स्वीचहरू ‘रन’बाट ‘कट–अफ’ मा सारिएको पुष्टि भएको छ । सामान्यतया यस्तो प्रक्रिया विमान गन्तव्यमा अवतरणपछि मात्र गरिन्छ । तर कुनै आपतकालीन अवस्था रिपोर्टमा उल्लिखित छैन । इन्जिन १ ले केही पुनः गति लिन थालेको देखिए पनि इन्जिन २ को गति घट्ने प्रक्रिया रोकिन सकेन । यद्यपि एउटा इन्जिनले रिस्टार्ट गर्न सके पनि विमानको गतिको घट्दो अवस्था नियन्त्रणमा आउन सकेन । फ्लाइटमा भरेको इन्धनको नमुना परीक्षण ‘सन्तोषजनक’ पाइएको छ ।
दुर्घटनाअघि चालकदल र पाइलटहरूले ब्रेथलाइजर परीक्षणसमेत गराएका थिए जसमा उनीहरू सबै ‘उडान सञ्चालनका लागि योग्य’ प्रमाणित भएका थिए । अहिलेको प्रारम्भिक अनुसन्धान अनुसार विमानको कुनै यान्त्रिक दोष वा सफ्टवेयर त्रुटिको पुष्टि भएको छैन । सम्पूर्ण निष्कर्ष आउन अझै समय लाग्ने देखिएको छ ।
यसैबीच एअर इन्डियाले यस विषयमा विज्ञप्ति जारी गर्दै पीडित परिवारप्रति ऐक्यबद्धता जनाएको छ । एअरलाइन्सले अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको र रिपोर्टका विषयमा अहिले थप प्रतिक्रिया दिन नसक्ने जनाएको छ । सरकारको नागरिक उड्डयन मन्त्रालयका अनुसार विमान दुर्घटनाको अनुसन्धान भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी) ले गरिरहेको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











