एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक
नयाँ दिल्ली । एअर इन्डिया फ्लाइट १७१ को दुर्घटनासम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । रिपोर्टअनुसार अहिले सम्म बोइङ ७८७ ड्रीमलाइनर र त्यसमा प्रयोग भएको इन्जिनको अपरेटरहरूलाई कुनै सल्लाह जारी गरिएको छैन । १२ जुन २०२५ मा भारतको अहमदाबाद शहरमा एअर इण्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर दुर्घटनाग्रस्त भएको थियो । यस दुर्घटनामा विमानमा सवार सबै २०४ जनाको ज्यान गएको थियो भने पाँच वटा भवनहरू पूर्ण रूपमा ध्वस्त भएका थिए । मेडिकल होस्टेलमा ठोक्किँदा करिब ३० जना भुइँतलामा रहेका व्यक्तिहरूको पनि ज्यान गएको थियो ।
दुवै इन्जिनको फ्युल कन्ट्रोल स्वीचहरू ‘रन’बाट ‘कट–अफ’ मा सारिएको पुष्टि भएको छ । सामान्यतया यस्तो प्रक्रिया विमान गन्तव्यमा अवतरणपछि मात्र गरिन्छ । तर कुनै आपतकालीन अवस्था रिपोर्टमा उल्लिखित छैन । इन्जिन १ ले केही पुनः गति लिन थालेको देखिए पनि इन्जिन २ को गति घट्ने प्रक्रिया रोकिन सकेन । यद्यपि एउटा इन्जिनले रिस्टार्ट गर्न सके पनि विमानको गतिको घट्दो अवस्था नियन्त्रणमा आउन सकेन । फ्लाइटमा भरेको इन्धनको नमुना परीक्षण ‘सन्तोषजनक’ पाइएको छ ।
दुर्घटनाअघि चालकदल र पाइलटहरूले ब्रेथलाइजर परीक्षणसमेत गराएका थिए जसमा उनीहरू सबै ‘उडान सञ्चालनका लागि योग्य’ प्रमाणित भएका थिए । अहिलेको प्रारम्भिक अनुसन्धान अनुसार विमानको कुनै यान्त्रिक दोष वा सफ्टवेयर त्रुटिको पुष्टि भएको छैन । सम्पूर्ण निष्कर्ष आउन अझै समय लाग्ने देखिएको छ ।
यसैबीच एअर इन्डियाले यस विषयमा विज्ञप्ति जारी गर्दै पीडित परिवारप्रति ऐक्यबद्धता जनाएको छ । एअरलाइन्सले अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको र रिपोर्टका विषयमा अहिले थप प्रतिक्रिया दिन नसक्ने जनाएको छ । सरकारको नागरिक उड्डयन मन्त्रालयका अनुसार विमान दुर्घटनाको अनुसन्धान भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी) ले गरिरहेको छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












