विव्यस अध्यक्षलाई कालोमोसो दल्न लगाएको अरोपमा एकजना पक्राउ
काठमाडौं । पोखराको छोरेपाटन माविका व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीलाई कालोमोसो दल्ने मुख्य योजनाकार सुजन विकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।
नेकपा बहुमतका पोलिटब्युरो सदस्य तथा बहुमतनिकट युवा संगठनको केन्द्रीय अध्यक्षसमेत रहेका विकलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा अगाडि बढाइएको छ भने कालोमोसो दल्ने २ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरी प्रहरीले खोजिगरिरहेको छ ।
‘विककै योजना तथा निर्देशनमा विद्यालय व्यवस्थापन समिति अध्यक्षमाथि कालोमोसो दलिएको बुझिएको छ । विकलाई पक्राउ गरेर अभद्र मुद्दामा अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरीक कार्यलयका प्रमुख एसपी श्यामबाबु ओलियाले बताएका छन् ।
विकको यसअघिको मुद्दाको पनि अनुसन्धान भइरहको एसपी ओलियाले बताएका छन् । विक माओवादी केन्द्रबाट विभाजन भएको वैद्य समूह (मोहन वैद्य), विप्लप समूह (नेत्रविक्रम चन्द) हुँदै अहिले विप्लवबाट पनि विभाजन भएको नेकपा बहुमतमा आवद्ध भएका हुन् ।
समितिका अध्यक्ष पहारीलाई नेकपा बहुमतले कालोमोसो दलेको थियो । उनलाई नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नामबाट कालोमोसो दल्न लगाउने मुख्य योजनाकार विक रहेको प्रहरीको ठम्याई छ ।
https://www.facebook.com/share/v/1C4yULPwbD/
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











