ताजा समाचार

किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा निर्वाचित

काठमाडौं । वरिष्ठ पत्रकार, जनअास्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा निर्वाचित भएका छन् ।

अफ्रिकी मुलुक ताञ्जानियामा सोमबारदेखि सुरु भएको काउन्सिलको शिखर सम्मेलनबाट विश्व प्रेस काउन्सिलको निर्वतमान महासचिवसमेत रहेका श्रेष्ठ उपाध्यक्ष ३ वर्षका लागि सर्वसम्मत निर्वाचित भएका हुन् ।

श्रेष्ठको प्रस्तावकमा भारतीय प्रेस काउन्सिलका प्रतिनिधि सुधीरकुमार पण्डा तथा समर्थकहरुमा जिम्बाब्वेका लफ्टी दुबे, म्यान्मारका डा.तिन तुन ओ,कोसोभोका इब्राहिम अर्सलान र तान्जानियाका काजुबी मुकाजाङ्गा रहेका थिए ।

त्यस्तै, काउन्सिल अध्यक्षमा डेभिड ओम्ओयो (केन्या) र अर्का उपाध्यक्ष अली हान्सेर्ली (साइप्रस) निर्वाचित भएका छन् । भने, तान्जानियाका अर्नेस्ट साम्सोन सुङ्गुरा महासचिवको जिम्मेवारीमा आउँदा टर्कीका तामेर अताबारुत कोषाध्यक्षमा निर्वाचित भएका छन्।

काउन्सिलको अन्तर्राष्ट्रिय सम्पर्क संयोजकमा भारतका सिके नायक र तान्जानियाका जियादा किलोबोले सम्हाल्ने भएका छन् ।

तान्जानियाको आरुसामा भइरहेको सम्मेलनमा नेपालसहित २७ राष्ट्रका प्रतिनिधिको सहभागिता रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org