सिरियाली रक्षा मन्त्रालयमा इजरायली आक्रमण युद्ध विरामको सुरुवातः अमेरिका
दमासकस, सिरिया । इजरायली सेनाले बुधबार राति सिरियाको राजधानी दमासकसमा रहेको रक्षा मन्त्रालयमाथि आक्रमण गरेको छ। सिरियाको दक्षिणी क्षेत्र ड्रुज प्रान्तमा चार दिनदेखि जारी हिंसात्मक झडपपछि इजरायलको यो प्रतिघात आएको हो।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ड्रुज समुदायको सुरक्षाका लागि आफूहरू बाध्य भएर आक्रमणमा उत्रिएको बताउँदै, “हामी त्यहाँ रहेका सत्ताका ग्याङहरूलाई हटाउनेछौँ,” भनेका छन्।
ड्रुज र बेडुयन समुदायबीच आइतबारदेखि सुरु भएको झडपमा हालसम्म ३०० भन्दा बढीको मृत्यु भइसकेको छ। घटनाक्रमप्रति अमेरिका पनि गम्भीर बनेको छ। अमेरिकी विदेशमन्त्री मार्क रुबियोले सामाजिक सञ्जालमार्फत चिन्ता व्यक्त गर्दै, “केही घण्टामै स्थिति साम्य हुने संकेत देखिएको छ,” बताएका छन्।
रुबियोले अरब मुलुकहरू र अमेरिका मिलेर शान्तिपूर्ण समाधानको प्रयास गरिरहेको उल्लेख गरेका छन्। युद्धविराम प्रस्तावबारे इजरायली पक्षबाट भने हालसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन।
सिरियाली समाचार संस्थाहरूका अनुसार सुयडाबाट त्यहाँ खटिएको सरकारी सेना फिर्ता भइसकेको छ। सिरियाली सरकार र सुयडाका धार्मिक नेताबीच सहमति भएपछि सेना हटाइएको पुष्टि गरिएको छ।
गत डिसेम्बरमा सुन्नी विद्रोही समूहले राष्ट्रपति बशर अल(आसादको सरकारलाई अस्थिर बनाएको थियो। त्यसपछि सिरियाली सेनाले सुयडामा आक्रमण गरेको यो पहिलोपटक हो। पछिल्लो तनाव पनि सोही घटनाको प्रतिक्रिया स्वरूप भएको बताइन्छ।
यद्यपि राष्ट्रपतिले ड्रुज समुदायसहित अल्पसंख्यकहरूको सुरक्षाको प्रतिबद्धता दोहोर्याइरहे पनि लगातार आक्रमण र झडपका कारण उनीहरू अझै असुरक्षित महसुस गरिरहेका छन्।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












