ताजा समाचार

साफ यू-२० महिला च्याम्पियनसिप : नेपालले श्रीलंकासँग दोस्रोपटक खेल्दै

काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपको आफ्नो चौथो खेलमा नेपालले आज  श्रीलंकासँग खेल्दै छ ।

डबल राउन्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा नेपालले श्रीलंकासँग दोस्रोपटक खेल्न लागेको हो ।

मंगलबार भएको खेलमा नेपालले श्रीलंकालाई ७–० को फराकिलो गोल अन्तरले पराजित गरेको थियो । आजको खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६–१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३–२ गोलअन्तरले पराजित भएको थियो ।

प्रतियोगितामा बंगलादेश ३ खेलमा ९ अंकसहित शीर्षस्थानमा छ भने ३ खेलमा ६ अंक भएको नेपाल दोस्रो र ३ अंक भएको भुटान तेस्रो स्थानमा छ ।

चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ । अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org