अमेरिकामा ७.३ रेक्टरस्केलकाे भूकम्प
काठमाडौं । अमेरिकी राज्य अलास्काको तटमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले सुनामी चेतावनी जारी समेत गरेको थियो । तर पछि फिर्ता लिइएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस)ले जनाएको छ ।
भूकम्प स्थानीय समय दिउँसो करिब १२ः३७ बजे (२०ः३७ जिएमटी) गएको थियो । यसको केन्द्रविन्दु स्यान्ड पोइन्ट टापुको सहरबाट करिब ५४ माइल (८७ किलोमिटर) दक्षिणमा अवस्थित थियो । भूकम्पको केन्द्रविन्दु १२.५ माइलको गहिराइमा रहेको थियो ।
अधिकारीहरूले भूकम्पपछि सुरुमा दक्षिण अलास्का र अलास्का प्रायद्वीपका लागि सुनामी चेतावनी जारी गरेका थिए । “दक्षिण अलास्का र अलास्का प्रायद्वीपका तटीय क्षेत्रहरूका लागि सुनामी सल्लाह रद्द गरिएको छ”, भूकम्पको करिब दुई घण्टापछि जारी गरिएको सन्देशमा राष्ट्रिय सुनामी चेतावनी केन्द्र (एनटिडब्लुसी)ले जनाएको छ ।
युएसजिएसका अनुसार प्रारम्भिक भूकम्पपछि एक दर्जनभन्दा बढी पराकम्पनहरूको समूह आएको थियो । तीमध्ये सबैभन्दा ठुलो ५.२ म्याग्निच्युड मापन गरिएको थियो । सुनामी चेतावनी र सल्लाह अलास्काको तटका क्षेत्रहरूका लागि मात्र जारी गरिएको र थप क्षेत्रहरू अप्रभावित रहेको एनटिडब्लुसीले जनाएको छ । स्यान्ड पोइन्टमा अधिकतम शून्य दशमलमव दुई फिट (६.१ सेन्टिमिटर) उचाइको सुनामी अवलोकन गरिएको थियो ।
“स्थानीय आपत्कालीन अधिकारीहरूले सुरक्षित भएको सङ्केत नगरेसम्म खतरा क्षेत्रहरूमा पुनः बसोवास नगर्नुहोस्”, एनटिडब्लुसीले उल्लेख गरेको छ । अलास्का भूकम्पीय रूपमा सक्रिय प्रशान्त रिङ अफ फायरको साथमा अवस्थित छ । सन् १९६४ मार्चमा ९.२ म्याग्निच्युडको भूकम्प गएको थियो । यो उत्तर अमेरिकामा रेकर्ड गरिएको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली थियो ।
उक्त भूकम्पले सुनामी निम्त्याएको थियो र एन्कोरेज सहरलाई ध्वस्त पारेको थियो भने अलास्काको खाडी, अमेरिकाको पश्चिमी तट र हवाईमा प्रहार गरेको थियो । भूकम्प र सुनामीबाट धेरैको मृत्यु भएको थियो भने ४० करोड डलरभन्दा बढीको सम्पत्ति नोक्सान भएको थियो । सन् २०२३ जुलाईमा अलास्का प्रायद्वीपमा ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












