ताजा समाचार

साफ महिला च्याम्पियनशिपमा आज नेपाल र भूटान खेल्दै !

काठमाण्डौं । बंगलादेशमा जारि २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपाल र भूटान खेल्दैछन् ।

अाजकाे खेल बङ्गलादेशको बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि शुरू हुनेछ । प्रतियोगितामा नेपाल र भूटानले खेल्न लागेको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा नेपालले भूटानलाई ६–१ गोलले हराएको थियो ।

प्रतियोगितामा घरेलु टोली बङ्गलादेशसहित नेपाल, भूटान र श्रीलङ्का सहभागी छन् । डलब राउन्ड रोबिनका आधारमा खेल भइरहेको हो । सबै खेल सकिएपछि शीर्ष टोली च्याम्पियन बन्नेछ । यसअघि नेपालले श्रीलङ्कासँगका दुई खेलमा पनि जीत निकालेको थियो । नेपालले श्रीलङ्कालाई पहिलो र दोस्रो खेलमा समान ७ गोलले हराएको थियो ।

आफ्नो दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो । बङ्गलादेशले चार खेलमा जीत निकालेको छ । अङ्क तालिकामा बङ्गलादेश १२ अङ्कका साथ शीर्ष र नेपाल समान खेलमा ९अङ्कका साथ दोस्रो स्थानमा छ ।

नेपालले अन्तिम खेल पर्सि सोमवार बङ्गलादेशसँग खेल्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org