साफ महिला च्याम्पियनशिपमा आज नेपाल र भूटान खेल्दै !
काठमाण्डौं । बंगलादेशमा जारि २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपाल र भूटान खेल्दैछन् ।
अाजकाे खेल बङ्गलादेशको बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि शुरू हुनेछ । प्रतियोगितामा नेपाल र भूटानले खेल्न लागेको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा नेपालले भूटानलाई ६–१ गोलले हराएको थियो ।
प्रतियोगितामा घरेलु टोली बङ्गलादेशसहित नेपाल, भूटान र श्रीलङ्का सहभागी छन् । डलब राउन्ड रोबिनका आधारमा खेल भइरहेको हो । सबै खेल सकिएपछि शीर्ष टोली च्याम्पियन बन्नेछ । यसअघि नेपालले श्रीलङ्कासँगका दुई खेलमा पनि जीत निकालेको थियो । नेपालले श्रीलङ्कालाई पहिलो र दोस्रो खेलमा समान ७ गोलले हराएको थियो ।
आफ्नो दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो । बङ्गलादेशले चार खेलमा जीत निकालेको छ । अङ्क तालिकामा बङ्गलादेश १२ अङ्कका साथ शीर्ष र नेपाल समान खेलमा ९अङ्कका साथ दोस्रो स्थानमा छ ।
नेपालले अन्तिम खेल पर्सि सोमवार बङ्गलादेशसँग खेल्नेछ ।
Comments
अरु समाचार
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...












