पक्राउ परे मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा
काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा उर्फ अहिराजलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार विहान भद्रकाली क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज अधिकारीले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।
बालिकामाथि बलात्कारको आरोपमा अनुसन्धान सुरु भएपछि उनी फरार थिए। माघ ३ गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता भएपछि उनी भारततर्फ भागेका थिए। केही समययता काठमाडौंमै लुकेर बसिरहेको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
जिल्ला अदालतले यसअघि नै चैत २५ गते पक्राउ अनुमति दिएको थियो। आइतबार पक्राउ परेपछि उनलाई ५ दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले बताए।
जाहेरीअनुसार, अहिराजले पीडित किशोरीलाई १७ वर्षको उमेरदेखि यौन शोषण गर्दै आएका थिए। मधेसी समुदायकी ती युवतीलाई काठमाडौं ल्याएर घरेलु काममा लगाउने र पढाउने प्रलोभन देखाएर निरन्तर यौन दुर्व्यवहार गरिएको आरोप छ।
जाहेरी सार्वजनिक भएपछि पीडितले आफूलाई विभिन्न माध्यमबाट धम्की दिइएको बताउँदै आएकी छन्। राजेश झा (अहिराज) २०७७ फागुन ७ गतेदेखि २०७८ साउन ३२ सम्म मधेश प्रदेशको प्रमुखको रूपमा नियुक्त थिए।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











