ताजा समाचार

बैदेशिक रोजगारी पठाई दिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर रकम ठगी गरेको आरोपमा प्रहरीले गोरखाकी १ जना महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बार पाक सुलिकोट गाउँपालिका–४ सौरपानीकी २९ बर्सिया जुनु राना थापा मगर भएको प्रहरीले पुष्टि गरेको हो ।

गोरखा घर भएकी उनी काठमाडौँ महानगरपालिका–१५ बस्दै आएकी जुनुले आकर्षक रोजगारीमा स्लोभाकिया पठाइदिन्छु भनेर ३ लाख १० हजार लिएर सम्पर्क विहीन भएपछि पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकी जुनुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा बुझाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जानकारी दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org