ताजा समाचार

राष्ट्रपति र सभामुखबीच शीतल निवासमा भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसंग सभामुख देवराज घिमिरेले भेट गरेका छन् । भेट राष्ट्रपति निवास शीतल निवासमा भएको हो ।

भेटमा राभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलन नेपालको सहभागीता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org