राजस्व अनुसन्धान कार्यालय पथलैयामा राजस्व चुहावट बढ्यो
वीरगञ्ज (पर्सा) । पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले गत आर्थिक वर्षमा राजस्व चुहावट धरौटीबापत रु ११ करोड ७६ लाख ८५ हजार सङ्कलन गरेको छ । कार्यालयले आव २०८०र८१ को तुलनामा गत आवमा मात्र ९२ दशमलव ५० प्रतिशत बढीले राजस्व चुहावटबापतको धरौटी रकम सङ्कलन गरेको हो ।
जबकि कार्यालयले अघिल्लो आवमा भने रु छ करोड ११ लाख ३५ हजार राजस्व चुहावट धरौटी सङ्कलन गरेको छ । कार्यालयका राजस्व अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले गत आवमा राजस्व चुहावट धरौटीबापतको रकम ह्वात्तै वृद्धि भएको जानकारी दिए ।
‘यो राजस्व सङ्कलन गर्ने निकाय नभएका कारण यस कार्यालयले गर्ने कामको प्रभाव अन्य निकायको राजस्व सङ्कलनमा देखिने गर्छ’, उनले भने । कार्यालयले गत आवमा मात्र राजस्व चुहावट र विदेशी विनिमयमा १४–१४ गरी गरी २८ मुद्दा दर्ता गरेको छ ।
जबकि अघिल्लो आवमा भने राजस्व चुहावट तीनवटा र विदेशी विनियममा ११ वटामात्र मुद्दा दर्ता भएको थियो । कार्यालयले गत आवमा राजस्व चुहावटको १४ मुद्दा दर्ता गरेको छ । जबकि अघिल्लो आवमा भने तीनवटा मात्र राजस्व चुहावटको मुद्दा दर्ता भएको थियो । कार्यालयले गत आवमा राजस्व चुहावट मुद्दाको मागदाबी रकम रु ७६ करोड ३५ लाख ३६ हजार रहेको छ ।
जबकि अघिल्लो आवमा भने कार्यालयले राजस्व चुहावट मुद्दाको मागदाबी रकम भने रु चार करोड ५४ लाख ११ हजार रहेको थियो । कार्यालयले गत आवमा लिलाम बिक्रीबापत रु पाँच करोड ४९ लाख १८ हजार रकम बराबरको गरेको छ ।
जबकि अघिल्लो आवमा भने रु ८४ लाख ८६ हजार बराबरको वस्तु तथा सामान लिलाम बिक्री गरेको थियो । कार्यालयमा गत आवमा भिसीटिएस जरिवानाबापत रु ९९ लाख ९८ हजार रकम दाखिला भएको थियो । जबकि अघिल्लो आवमा भने भिसीटिएस जरिवानाबापत रु ९८ लाख १५ हजार सङ्कलन भएको छ ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
एमाले उपाध्यक्ष ज्ञवालीद्वारा सक्रिय राजनीतिबाट विश्राम लिएकोको घोषणा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेको छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपबाट उनले...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












