काभ्रे यातायातका कर्मचारिकाे मनमाैजी विदेश भ्रमण, १० जनाविरुद्ध अख्तियारमा उजुरी
काठमाडाैं । यातायात व्यवस्था कार्यालय काभ्रेका कर्मचारीहरु हुल बाँधेर विदेश भ्रमणमा निस्किएपछि उनीहरुविरुद्ध अख्तियारमा उजुरी परेको छ।
काभ्रे कार्यालयका प्रमुख राजुप्रसाद मैनाली १० जनाको जम्बो टोली बोकेर भारत, मलेसिया, दुबई लगायतका मुलुकमा सयर गरेर स्वदेश फर्किएका छन् ।
काभ्रेमा ट्रायल सेन्टर सञ्चालन गर्दै आएका सुमन केसीको खर्चमा नेपालसहित सूचना अधिकारीसमेत रहेका पवन बजगाईं, प्राविधिक इन्जिनियर दिपक थापा, टिका राउत, लक्ष्मी भण्डारी लगायत १० जनाको टोली विदेश घुमेर फर्किएको हो ।
अख्तियारमा मुद्दा दर्ता हुँदा समेत प्रदेश सरकारले माैनता साँधेपछि यो विषयमा अनेक प्रश्न उब्जिएका छन् । कर्मचारीको जम्बो टोली लिएर विदेशमा रकम डिल गर्दै मिलाउन खोजिएको सेटिङ भत्काउनुको सट्टा प्रदेश सरकारले वास्ता नगरेको देखिएपछि यसमा अनेक शंकाहरु उब्जिएका छन् ।
सरकारी कार्यालय पुरा खाली गराएर विदेश सयर गरेपछि उनीहरुविरुद्ध अख्तियारमा हदैसम्मको कारबाही माग गर्दै उजुरी परेको हो ।
काभ्रेमा ट्रायल सेन्टर छनोटका लागि बामगती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था कार्यालय, काभ्रेपलाञ्चोकलाई छनोट प्रक्रिया थाल्न निर्देशन दिएको थियो । ट्रायल सेन्टर छनोटका लागि हेबिसहितको सेन्टर छान्नुपर्ने मापदण्ड बनाइएपनि चलखेल गरेर सुमनको ट्रायल सेन्टरमा पार्नका लागि सरकारी कर्मचारीहरुलाई विदेश भ्रमण गराएको पाइएको हो ।
अख्तियारमा उजुरी परेपछि न्यूज नेपालले यातायात कार्यालय काभ्रेका प्रमुख राजुलाई यसबारे प्रश्न गर्दा उनले पहिले उपचारका लागि भारत गएको भने । त्यसपछि अन्य तथ्य समेत दिएएपछि विदेश भ्रमण गर्दा तपाईलाई जानकारी गराउनुपर्ने हो र भन्दै चिढिएका उनले झोक्किएर फोन नै काटेका छन् ।
असार २५ गते १० जनाको जम्बो टोली विभिन्न देशमा भ्रमणमा निस्किएको थियो भने कार्यालयको राजस्व संकलनदेखि सेवाग्राहीमाथि ठूलो मार परेको थियो । तर, ट्रायल सेन्टर सुमन केसीकोमा पार्नलाई चलिरहेको यस्तो चलखेलमा अख्तियारले कस्तो कारबाही गर्ला ? यो भने चासोको विषय बनेको छ । यद्यपी अख्तियारले यो विषयमा अध्ययन अनुसन्धान थालिसकेको बताएको छ ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











