काभ्रे यातायातका कर्मचारिकाे मनमाैजी विदेश भ्रमण, १० जनाविरुद्ध अख्तियारमा उजुरी
काठमाडाैं । यातायात व्यवस्था कार्यालय काभ्रेका कर्मचारीहरु हुल बाँधेर विदेश भ्रमणमा निस्किएपछि उनीहरुविरुद्ध अख्तियारमा उजुरी परेको छ।
काभ्रे कार्यालयका प्रमुख राजुप्रसाद मैनाली १० जनाको जम्बो टोली बोकेर भारत, मलेसिया, दुबई लगायतका मुलुकमा सयर गरेर स्वदेश फर्किएका छन् ।
काभ्रेमा ट्रायल सेन्टर सञ्चालन गर्दै आएका सुमन केसीको खर्चमा नेपालसहित सूचना अधिकारीसमेत रहेका पवन बजगाईं, प्राविधिक इन्जिनियर दिपक थापा, टिका राउत, लक्ष्मी भण्डारी लगायत १० जनाको टोली विदेश घुमेर फर्किएको हो ।
अख्तियारमा मुद्दा दर्ता हुँदा समेत प्रदेश सरकारले माैनता साँधेपछि यो विषयमा अनेक प्रश्न उब्जिएका छन् । कर्मचारीको जम्बो टोली लिएर विदेशमा रकम डिल गर्दै मिलाउन खोजिएको सेटिङ भत्काउनुको सट्टा प्रदेश सरकारले वास्ता नगरेको देखिएपछि यसमा अनेक शंकाहरु उब्जिएका छन् ।
सरकारी कार्यालय पुरा खाली गराएर विदेश सयर गरेपछि उनीहरुविरुद्ध अख्तियारमा हदैसम्मको कारबाही माग गर्दै उजुरी परेको हो ।
काभ्रेमा ट्रायल सेन्टर छनोटका लागि बामगती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था कार्यालय, काभ्रेपलाञ्चोकलाई छनोट प्रक्रिया थाल्न निर्देशन दिएको थियो । ट्रायल सेन्टर छनोटका लागि हेबिसहितको सेन्टर छान्नुपर्ने मापदण्ड बनाइएपनि चलखेल गरेर सुमनको ट्रायल सेन्टरमा पार्नका लागि सरकारी कर्मचारीहरुलाई विदेश भ्रमण गराएको पाइएको हो ।
अख्तियारमा उजुरी परेपछि न्यूज नेपालले यातायात कार्यालय काभ्रेका प्रमुख राजुलाई यसबारे प्रश्न गर्दा उनले पहिले उपचारका लागि भारत गएको भने । त्यसपछि अन्य तथ्य समेत दिएएपछि विदेश भ्रमण गर्दा तपाईलाई जानकारी गराउनुपर्ने हो र भन्दै चिढिएका उनले झोक्किएर फोन नै काटेका छन् ।
असार २५ गते १० जनाको जम्बो टोली विभिन्न देशमा भ्रमणमा निस्किएको थियो भने कार्यालयको राजस्व संकलनदेखि सेवाग्राहीमाथि ठूलो मार परेको थियो । तर, ट्रायल सेन्टर सुमन केसीकोमा पार्नलाई चलिरहेको यस्तो चलखेलमा अख्तियारले कस्तो कारबाही गर्ला ? यो भने चासोको विषय बनेको छ । यद्यपी अख्तियारले यो विषयमा अध्ययन अनुसन्धान थालिसकेको बताएको छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












