न्यूयोर्क गोलीकाण्डमा प्रहरीसहित चार जनाको मृत्यु
काठमाडाैं । अमेरिकाको न्यूयोर्कस्थित म्यानह्याटनको मिडटाउनमा भएको गोलीकाण्डमा सुरक्षामा खटिएका अफ-ड्युटी प्रहरीसहित चारजनाको मृत्यु भएको छ भने अन्य पाँचजना गम्भीर घाइते भएका छन् ।
गोली चलाउने २७ वर्षीय ती पुरुषले शरीरमा सुरक्षा कवच लगाएर शक्तिशाली एम-४ राइफल बोकेर स्थानीय समयअनुसार साँझ ६:३० बजेतिर ३४५ पार्क एभिन्यु र ५२औँ स्ट्रिटमा रहेको एक भवनमा रहेका व्यक्तिहरुमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।
सो भवनमा लगानी कम्पनी ब्ल्याकस्टोन र नेसनल फुटबल लिग (NFL) को मुख्यालय रहेको एबीसी न्युजले जनाएको छ । घटनाको ती कम्पनीहरूसँग वा भवनमा रहेका कुनै कम्पनीसँग प्रत्यक्ष सम्बन्ध रहेको छैन कि भन्ने कुरा हालसम्म स्पष्ट भइसकेको छैन ।
लगभग ३३औँ तल्लामा आफूलाई ब्यारिकेड बनाएर बसेका शेन डेभोन तामुरा नामक संदिग्ध व्यक्ति पछि मृत अवस्थामा फेला परेका थिए । प्रहरी आयुक्त जेसिका टिस्चका अनुसार उनको मृत्यु सम्भवतः आत्महत्या जस्तो देखिएको छ ।
सोमबार साँझ पत्रकार सम्मेलनमा आयुक्त टिस्चले प्रारम्भिक अनुसन्धानको आधारमा शंका गरिएका तामुरा कार चढेर लस भेगासबाट क्रस-कन्ट्री यात्रा गरेर न्यूयोर्क सिटी आइपुगेको बताएकी छन् ।
Comments
अरु समाचार
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...
-
‘नेपालको व्यापार, पर्यटन र लगानी सम्भावनाबारे ल्हासामा प्रवर्द्धनात्मक कार्यक्रम’
ल्हासा। नेपाली महावाणिज्यदूतावास, ल्हासाको आयोजनामा नेपालको व्यापार, पर्यटन तथा लगानीका सम्भावनाबारे जानकारी गराउने उद्देश्यले ल्हासास्थित सांग्रिला होटलमा विशेष कार्यक्रम सम्पन्न...
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...











