ताजा समाचार

एनपिएल खेलाडी अक्सन साउन २४ गते

काठमाडौं । दोस्रो सँस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को खेलाडी अक्सन यही साउन २४ गते हुने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइतबार विज्ञप्ती जारी गर्दै एनपिएलको अक्सनको मिति उल्लेख गरेको हो । क्यानकाअनुसार असार २८ देखि साउन ६ गतेसम्म खुला भएको खेलाडी रजिस्ट्रेसनमा चार सय ५८ खेलाडीले नाम दर्ता गराएका छन् । दर्ता भएका सबै खेलाडीको नाम एनपिएलका आठवटै फ्रेन्चाइज टोलीलाई पठाइएको क्यानले जनाएको छ ।

एनपिएलमा सहभागी टोलीले इच्छाएको तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेर अक्सनमा सहभागी खेलाडीको अन्तिम सूची केही दिनमा सार्वजनिक गरिने पनि क्यानले जनाएको छ । दोस्रो संस्करणको एनपिएल आगामी नोभेम्बर डिसेम्बर महिनामा हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org