ताजा समाचार

बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँकाे दाबी पेश

काठमाडाैं । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेश गरेका छन् ।

सोमबार दिउँसो मात्रै प्रदेश प्रमुखको कार्यालयले मंगलबार दिउँसो २ बजेभित्र मुख्यमन्त्री चयनका लागि दाबी पेश गर्न आह्वान गरेकामा केही समयमै नेकपा एमालेको समर्थनमा बानियाँले दाबी पेश गरेका हुन् ।

प्रदेश प्रमुख दीपक देवकोटालाई नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियासहित पुगेर बानियाँले मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गरेका छन् ।

यसअघि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा बानियाँसँग संसदिय दकाे नेतामा पराजित भएका थिए । उनले अाज सचिवालय सदस्य छत्र लामामार्फत राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता गराएका थिए । उनले राजीनामा दिएसँगै नेपाली कांग्रेस संसदिय दलका नेता समेत रहेका बानियाँले दावी पेश गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org