इंल्यान्डविरुद्धको पाँचौ टेस्टमा भारतको रोमाञ्चक जित
काठमाडौं । इंल्यान्डविरुद्धको पाँचौ तथा अन्तिम टेस्ट क्रिकेटमा भारतले ६ रनको रोमाञ्चक जित निकालेको छ । यो जितसँगै पाँच खेलको शृंखलाको टेस्ट २–२ को बराबरीमा सकिएको छ ।
लण्डनमा ३७४ रनको लक्ष्य पछ्याएको घरेलु टोली इंल्यान्ड ३६७ रनमा अलआउट भएसँगै भारतले रोमाञ्चक जित निकालेको हो। पाँचौ तथा आज अन्तिम दिन जितका लागि मात्र ३५ रन चाहिएपनि इंल्यान्डले २८ रन जोड्दै बाँकी ४ विकेट गुमाएको थियो ।
इंल्यान्डका लागि हेरी ब्रुकले १११, जोए रुटले १०५ रन र बेन डुकेटले ५४ रन बनाए पनि जितका लागि पर्याप्त बनेन। पाँचौ तथा अन्तिम दिन सोमबार गुस एटिङसनले १७ रन बनाएका थिए। आज अन्तिम दिन उनीबाहेक कसैले पनि दोहोरो स्कोर बनाउन सकेनन् ।
इंल्यान्डलाई सस्तैमा समेट्न मोहमद सिराजले ५ विकेट लिए । प्रशिद्ध कृष्णाले ४ जनालाई आउट गरे । आकाश दीपको नाममा एक विकेट रह्यो । यसअघि पहिलो इनिङ्समा इंल्यान्डले २४७ रन बनाएको थियो । भारतले भने पहिलो इनिङ्समा २२४ र दोस्रोमा ३९६ रन बनाएको थियो ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











