सर्वोच्चका वरिष्ठतम न्यायाधीश फुयालसहित तीन न्यायाधीश सम्मानित
काठमाडौं । दोलखा कानुन व्यवसायी समाजले तीन जना सर्वोच्च अदालतका न्यायाधीशलाई सम्मान गरेको छ। भीमेश्वर नगरपालिका घर भएका पूर्वन्यायाधीश बलराम केसी, तामाकोसी गाउँपालिका–६ च्यामा पुर्खौली घर भएका सर्वोच्चका बहालवाला न्यायाधीश हरिप्रसाद फुयाल, र जफे घर भएका न्यायाधीश मेघराज पोखरेललाई यस अवसरमा सम्मान गरेका हुन ।
कार्यरत न्यायाधीश हरिप्रसाद फुयालले आफूप्रतिको विश्वास कायम राख्दै न्यायालयको प्रतिष्ठामा कुनै पनि प्रकारको आँच नआउने गरी काम गर्नेमा जोड दिए ।
न्यायाधीश फुयालका पूर्वज चार पुस्ताअघि दोलखाबाट संखुवासभा गएको थियो । त्यसपछि फुयाल परिवार मोरङ झरेको हो।
पुस्तौली थातथलोका कानून क्षेत्रका व्यक्तित्वहरूसँग भेटघाट एवं सम्मानप्रति न्यायाधीश फुयालले खुसी व्यक्त गरेका थिए।
सर्वोच्चमा नवनियुक्त न्यायाधीश मेघराज पोखरेलले सर्वोच्च अदालतमा काम गर्ने चुनौतीपूर्ण जिम्मेवारी आएको बताउँदै त्यसप्रति पूर्ण रूपमा जिम्मेवार भएर उल्लेखनीय योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले न्यायिक क्षेत्रको प्रतिष्ठा उच्च बनाउन आफूले सक्दो प्रयास गर्ने पनि बताए।
कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधान, वरिष्ठ अधिवक्ता लक्ष्मीप्रसाद उप्रेती, सुभद्रा सिटौला र अधिवक्ता प्रवीण प्रधानले दोलखा जिल्लाबाट न्यायालयको सर्वोच्च तहमा पुग्ने कानुन व्यवसायीहरू प्रति गर्व गर्दै उनीहरूको सफलता कानून क्षेत्रमा नयाँ प्रेरणा भएको बताए।
कार्यक्रममा पूर्वन्यायाधीश बलराम केसीले सर्वोच्च अदालतको संवैधानिक इजलासमा जेष्ठताको आधारमा नभई विज्ञताको आधारमा न्यायाधीश राख्नुपर्ने धारणा राखेका थिए।
दोलखा कानुन व्यवसायी समाजका उपाध्यक्ष सहदेव पाण्डेले ‘संस्थाको उद्देश्य दोलखा जिल्लामा घर भएकाहरूलाई एकीकृत गरी सकारात्मक पहल र सहयोगमार्फत कानून क्षेत्रलाई अझ सशक्त बनाउनु’ रहेको बताए। उनले आगामी दिनमा पनि समाजले यस किसिमका कार्यक्रमहरू गर्दै न्यायिक क्षेत्रमा थप योगदान पुर्याउने बताए।
यो सम्मान समारोहले दोलखाली कानुन व्यवसायीहरूलाई थप प्रोत्साहन दिने विश्वास गरिएको छ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












