सर्वोच्चका वरिष्ठतम न्यायाधीश फुयालसहित तीन न्यायाधीश सम्मानित
काठमाडौं । दोलखा कानुन व्यवसायी समाजले तीन जना सर्वोच्च अदालतका न्यायाधीशलाई सम्मान गरेको छ। भीमेश्वर नगरपालिका घर भएका पूर्वन्यायाधीश बलराम केसी, तामाकोसी गाउँपालिका–६ च्यामा पुर्खौली घर भएका सर्वोच्चका बहालवाला न्यायाधीश हरिप्रसाद फुयाल, र जफे घर भएका न्यायाधीश मेघराज पोखरेललाई यस अवसरमा सम्मान गरेका हुन ।
कार्यरत न्यायाधीश हरिप्रसाद फुयालले आफूप्रतिको विश्वास कायम राख्दै न्यायालयको प्रतिष्ठामा कुनै पनि प्रकारको आँच नआउने गरी काम गर्नेमा जोड दिए ।
न्यायाधीश फुयालका पूर्वज चार पुस्ताअघि दोलखाबाट संखुवासभा गएको थियो । त्यसपछि फुयाल परिवार मोरङ झरेको हो।
पुस्तौली थातथलोका कानून क्षेत्रका व्यक्तित्वहरूसँग भेटघाट एवं सम्मानप्रति न्यायाधीश फुयालले खुसी व्यक्त गरेका थिए।
सर्वोच्चमा नवनियुक्त न्यायाधीश मेघराज पोखरेलले सर्वोच्च अदालतमा काम गर्ने चुनौतीपूर्ण जिम्मेवारी आएको बताउँदै त्यसप्रति पूर्ण रूपमा जिम्मेवार भएर उल्लेखनीय योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले न्यायिक क्षेत्रको प्रतिष्ठा उच्च बनाउन आफूले सक्दो प्रयास गर्ने पनि बताए।
कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधान, वरिष्ठ अधिवक्ता लक्ष्मीप्रसाद उप्रेती, सुभद्रा सिटौला र अधिवक्ता प्रवीण प्रधानले दोलखा जिल्लाबाट न्यायालयको सर्वोच्च तहमा पुग्ने कानुन व्यवसायीहरू प्रति गर्व गर्दै उनीहरूको सफलता कानून क्षेत्रमा नयाँ प्रेरणा भएको बताए।
कार्यक्रममा पूर्वन्यायाधीश बलराम केसीले सर्वोच्च अदालतको संवैधानिक इजलासमा जेष्ठताको आधारमा नभई विज्ञताको आधारमा न्यायाधीश राख्नुपर्ने धारणा राखेका थिए।
दोलखा कानुन व्यवसायी समाजका उपाध्यक्ष सहदेव पाण्डेले ‘संस्थाको उद्देश्य दोलखा जिल्लामा घर भएकाहरूलाई एकीकृत गरी सकारात्मक पहल र सहयोगमार्फत कानून क्षेत्रलाई अझ सशक्त बनाउनु’ रहेको बताए। उनले आगामी दिनमा पनि समाजले यस किसिमका कार्यक्रमहरू गर्दै न्यायिक क्षेत्रमा थप योगदान पुर्याउने बताए।
यो सम्मान समारोहले दोलखाली कानुन व्यवसायीहरूलाई थप प्रोत्साहन दिने विश्वास गरिएको छ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











