यू–२० महिला एसियन कप छनोटमा नेपाल आज भुटानसँग खेल्दै
काठमाडाैं । एएफसी यु–२० महिला एसियन कप छनोटको समूह ‘ए’ आजदेखि भुटानको थिम्पुमा सुरु हुँदैछ।
नेपालले पहिलो खेलमा घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्नेछ। खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरू हुनेछ।
यस समूहमा नेपाल, भुटान, उत्तर कोरिया र साउदी अरब रहेका छन्। मङ्गोलिया भने प्रतियोगिताबाट नाम फिर्ता लिइसकेको छ। उत्तर कोरिया यसअघि एएफसी एसियन कप च्याम्पियन बनेको टोली हो।
नेपालले समूह उपविजेता बन्ने लक्ष्य लिएको छ। ३२ राष्ट्र सहभागी छनोट प्रतियोगितामा आठ समूह छन्। समूह विजेता आठ टोली र उत्कृष्ट तीन उपविजेता टोलीले २०२६ मा थाइल्यान्डमा हुने यु–२० महिला एसियन कपमा स्थान बनाउने छन्।
नेपालले हालै बङ्गलादेशमा सम्पन्न साफ यु–२० महिला च्याम्पियनसिपमा उपविजेता स्थान हासिल गरेको थियो। उक्त प्रतियोगितामा नेपालले भुटानलाई दुई खेलमा ६–१ र ८–० ले पराजित गरेको थियो।
नेपालका प्रशिक्षक यामप्रसाद गुरुङले टिमको तयारी राम्रो रहेको बताउँदै छनोट चरण पार हुनेमा विश्वास व्यक्त गरे। उनले भुटानलाई घरेलु टोलीका रूपमा कमजोर नठानिएको स्पष्ट पार्नुभयाे। कप्तान बिर्सना चौधरीले सबै टोलीलाई ध्यानमा राखी तयारी गरेको बताए।
भुटानकी प्रशिक्षक टङ्कमाया घलेले नेपालविरुद्ध सकारात्मक उर्जाका साथ उत्रने बताउँदै दुई नयाँ खेलाडीलाई टिममा समावेश गरिएको जानकारी दिए। कप्तान सोनाम छोमोले उत्तर कोरियालाई बलियो टोली माने पनि घरेलु मैदानमा उत्साहित रहेको भनाइ राखे।
उत्तर कोरियाका प्रशिक्षक री सोङ होले भुटानको उच्च भू-उचाइले टिमलाई असर गर्न सक्ने बताए। साउदी प्रशिक्षक जेभियर भिलामालले मौसमसँग अभ्यस्त हुन टिमलाई २० दिनअघि नै भुटान ल्याइएको जानकारी गराए।
Comments
अरु समाचार
-
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
एमालेले पठायो ६ लाख ६७ हजार बढीलाई पत्र- भनियाे, बहुमत ल्याउन सक्रिय हुनुस्
काठमाडौं। नेकपा एमालेले पार्टी सदस्यहरूलाई आगामी चुनावमा सक्रिय भूमिका खेल्न अपिल सहितको पत्र पठाएको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।...












